Sajhamanch Archive

सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा.

झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकांश जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एकबाली मात्र लाग्ने यहाँका अधिकांश जमिनमा सौर्य सिंचाई प्रयोगमा […]

डाक्टर र प्रहरी कुट्नेसँग रिसाए सलमान

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on डाक्टर र प्रहरी कुट्नेसँग रिसाए सलमान.

नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय(समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् । अर्कोतिर, सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६र६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । उनै, सलमानले सार्वजनिक गरेको नयाँ भिडियोमा उनी रिसाएका देखिन्छन् । उनी रिसाउनुको कारण, मानिसहरु घर बाहिर […]

मेचीनगर नगरपालिकामा चार राजनीतिक दलको राहत सहयोग जम्मा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगरपालिकामा चार राजनीतिक दलको राहत सहयोग जम्मा.

मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम जम्मा गरेका छन् । देशमा संकट पर्दा दलीय विचारभन्दा माथि उठेर एकैठाउँमा उभिनुपर्छ भन्ने मेचीनगरका राजनीतिक दलले राम्रो सन्देश दिएका […]

लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता.

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख ३ गतेसम्म पुर्याएपछि त्यसलाई पूर्णरुपमा कसरी कार्यान्वयन गर्ने सकिन्छ भनी गाउँपालिकाले आज सर्वपक्षीय भेला बोलाएको थियो । भेलामा लकडाउनका समयमा […]

हल्दीबारी गाउँपालिका राहत कोषमा नेकपाको ७० हजार सहयोग

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on हल्दीबारी गाउँपालिका राहत कोषमा नेकपाको ७० हजार सहयोग.

हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा नेकपाले उक्त रकम सहयोग गरेको जनाइएको छ । सो गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा […]

मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on मनमोहन मेमोरियल मेडिकल कलेज काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना.

काठमाडौं । आज ६३औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ । कोरोना भाइरको संक्रमणका कारण विश्वसँगै हाम्रो देश पनि अहिले संकटमा छ । यस्तो अवस्थामा संक्रमणको रोकथामका निम्ति सहकारी दिवस केन्द्रित रह्यो । यसवर्षको राष्ट्रिय सहकारी […]

वहुआयामिक व्यक्तित्वका धनी उपेन्द्र पागल

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, by . Leave a Comment on वहुआयामिक व्यक्तित्वका धनी उपेन्द्र पागल.

माता नरमाया बस्नेत र पिता श्रीध्वज बस्नेतका सुपुत्रका रुपमा उपेन्द्र पागलको जन्म २००३ साल वैशाख २३ गते सुनसरी जिल्लाको मधेसा गाविस वडा नं १ मा भएको हो । २०२० सालमा सम्पूर्ण मध्यमा, २०३२–३३ सालमा शास्त्रीको परीक्षा प्राइभेट परीक्षार्थीका रुपमा सहभागी भई उच्च शिक्षालाई अघि बढाएका हुन् उपेन्द्र पागलले । २०४७ सालमा नेपालीमा स्नातकोत्तर र २०५४ […]

मेची नदीको बगरमा कृषक कार्कीको आत्मनिर्भरता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on मेची नदीको बगरमा कृषक कार्कीको आत्मनिर्भरता.

भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर नगरपालिका वडा नं. ५ का लेखबहादुर लगायत अधिकांश स्थानीय बासिन्दा आज त्यही खोलाको बगरमा आफ्नो जीवन गुजाराको आधार फेला पारेपछि […]

कोभिड–१९ को विपद्का बेला सहकारीहरु थप सम्वेदनशील बन्नुपर्ने मन्त्री अर्यालको सुझाव

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on कोभिड–१९ को विपद्का बेला सहकारीहरु थप सम्वेदनशील बन्नुपर्ने मन्त्री अर्यालको सुझाव.

काठमाडौं । विश्वब्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ । यसै सन्दर्भमा कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माखकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन् । राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग आज काठमाडौंमा छलफल […]

आफ्नो क्षेत्रमा सचेतना फैलाउँदै राहत बाँड्दै सांसद बानियाँ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आफ्नो क्षेत्रमा सचेतना फैलाउँदै राहत बाँड्दै सांसद बानियाँ.

कचनकवल । साबिक बालुबाडी गाविसको वडा नं. ६ हाल कचनकवल गाउपालिका वडा नं ७ मा बिपद ब्यवस्थापन समितिको आयोजनामा कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना जगाउने काम गरिएको छ । प्रदेशसभा सदस्य बसन्त बानियाँको अगुवाईमा भएको सो सचेतना कार्यक्रममा १८७ घर परिवारमा हातधुने साबुन तथा विदेशबाट आएकाहरुलाई मास्क प्रदान गरिएको छ । सचेतना जगाउँदै गाउँघर पुगेको […]