बिर्तामोड । यहाँस्थित कमनर्स होम फर एजुकेशन (कोहेड) कलेजको २५औं वार्षिकोत्सव तथा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम आज सम्पन्न गरिएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्तुतिसहित सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थी तथा विभिन्न खेल एवम् गैर शैक्षणिक प्रतिष्पर्धामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेर वार्षिकोत्सव मनाइएको हो । क्याम्पस प्रमुख उमानाथ ओलीको अध्यक्षता […]
पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक भएको छ । पेशाले इन्जिनियर गायक श्रेष्ठलाई टिका प्रसाईंले साथ दिएकी छन् । गीतमा चर्चित मोडल रिस्ता बस्नेत र सञ्जीव थेबेको दमदार अभिनय देख्न सकिन्छ । गीतमा दिपकराज विश्वकर्माको संगीत तथा रविन स्वप्निल गिरीको शब्द रहेको छ […]
भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । सुन्दर फूल फुलाउनु छ भने बेलैबाट मलजल गर्नुपर्छ । अनिमात्र त्यो फूल राम्ररी फक्रिन्छ, फुल्छ र फूलको औचित्य रहन्छ । हरेक बालबालिका हाम्रा लागिमात्र होइन, समाज तथा राष्ट्रकै लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात भोलिको देश निर्माता आजका बालबालिका नै हुन् । मुलुकको भविष्यका उत्तरदायी यिनीहरु […]
हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् । ज्योतिष विद्या वा ज्योतिष शास्त्र Astrology तारा र ग्रहहरुले मानवीय क्रियाकलापलाई व्यापक रुपमा प्रभाव पार्छ भन्ने परम्परागत विश्वास पोषण […]
अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ । औषधी सेवनपछि यसको सकारात्मक प्रभावलाई नकारात्मक असर भनी दुष्प्रचार गरिदिँदा सर्वसाधारणमा भ्रम उत्पन्न भई औषधी सेवनकर्ता घटे पनि ज जसले खाए […]
झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्था अन्तरगत युवा सरोकार समितिको आयोजनामा संस्थाका सञ्चालकहरु, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु एवम् कार्यालयगत समितिका संयोजकहरुको उपस्थितिमा बिर्तामोडमा सो कार्यक्रम […]
भक्तपुर । लामो समयसम्म सांगीतिक दुनियाँभन्दा बाहिर रहेका विरे तामाङ फिल्फिल जामा भन्दै पुनः फर्किएका छन् । तामाङ सांगीतिक इतिहासमा हजारभन्दा बढी गीतका सर्जक कुमार स्याङ्वोको रचना फिल्फिल जामा बोलको तामाङ दोहोरी गीत गाउँदै उनी पुनः सांगीतिक दुनियाँमा फर्किएका हुन् । गीतमा जितु लोप्चनले विरेलाई साथ दिएका छन् । निकै नै रोमान्टिक सो गीतको संगीत […]
झापा । नेपाल भौतिक विज्ञान समाजले लिथुवानियाको भिल्निअसमा हुने ५१औं अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाड २०२० र ताइवानको ताइपेईमा हुने २१औं एशियन फिजिक्स ओलम्पियाड २०२० मा सहभागिताको लागि प्रथम चरणको छनौट परीक्षा माघ ११ गते बिर्तामोडमा सम्पन्न गरिएको छ । नेपालभर १२ वटा केन्द्र राखेर गरिएको उक्त परीक्षाका लागि पहिलो पटक झापाको बिर्तामोडस्थित कोहेड कलेज परेको हो […]
इलाम । सरस्वती आधारभूत विद्यालय माङ्सेबुङ ४ इलाममा अध्ययनरत बालकक्षादेखि कक्षा ८ सम्मका सबै बालबालिकालाई आज न्यानो कपडा ट्र्याक सुट, स्टेसनरी सामग्री, जुत्ता र खाजा सामग्री प्रदान गरिएको छ । दाताहरु गणेश किराना दमक १ का सञ्चालक गणेश सुवेदी र सगरमाथा पेट्रोल पम्पका सञ्चालक टिकाराम मगरले बालबालिकालाई एकसरो न्यानो कपडा ट्र्याक सुट र स्टेसनरी सामग्री […]
झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी प्रदेश २ बाट नेकपाको समर्थनमा अन्य समूहको उम्मेदवार बनेका मृगेन्द्र सिंह […]