Sajhamanch Archive

झापाका वस्तुगत संघहरुले गरे सामुहिक सम्मान

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापाका वस्तुगत संघहरुले गरे सामुहिक सम्मान.

भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापाका वस्तुगत संघहरुले सम्मान गरेका छन् । वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् । नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, […]

प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त.

झापा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको आरोपमा उनी बर्खास्त भएका हुन् । सदस्य सचिव […]

केन्द्रीय सदस्य रानामाथि इलाममा ढुंगामुढा भएकोप्रति एमालेको आपत्ति

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on केन्द्रीय सदस्य रानामाथि इलाममा ढुंगामुढा भएकोप्रति एमालेको आपत्ति.

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा इलाममा ढुंगामुढा भएको घटनाप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा रानाको गाडीमा इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ घर्तीदोभान नजिकै ढुंगामुढा भएको उल्लेख छ । सो गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित […]

कोशीमा प्रदेशसभा सदस्यलाई ल्यापटप बाँडिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा प्रदेशसभा सदस्यलाई ल्यापटप बाँडिने.

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर […]

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा.

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । एकजना विदेशी क्लाइन्टलाई लिएर उनी आज बिहान सगरमाथा शिखरमा पुगेका छन्। यसअघि २६ पटक सगरमाथाको सफल आरोहण […]

अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। आज बिहान निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए। प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त […]

सरकारले लामो दुरीको यातायात भाडादर घटायो

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारले लामो दुरीको यातायात भाडादर घटायो.

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने […]

बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प.

बिर्तामोडमा फेरि चुनावी रन्को सुरु भएको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आठौं कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको हो । सो प्रयोजनका लागि गठित निर्वाचन समितिले जेठ २ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार जेठ ५ गते मतदाता नामावली प्रकाशन हुनेछ भने […]

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो.

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]

सरकार समयमा नै किसानलाई मल र विउ विजन देऊ : कांग्रेस झापा

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on सरकार समयमा नै किसानलाई मल र विउ विजन देऊ : कांग्रेस झापा.

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई समयमै मल र उन्नत जातको विऊविजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊविजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कूल ग्रार्हस्थ उत्पादनमा असर पुर्याउने यथार्थ सम्झँदै समयमै मल विऊ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो […]