Sajhamanch Archive

बाबु् जेलमा तीन नाबालककी आमा क्यान्सरसँग लड्दै

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बाबु् जेलमा तीन नाबालककी आमा क्यान्सरसँग लड्दै.

बाह्रदशी । सवारी ज्यान मुद्धामा विगत ८ महिनादेखि झापा कारागारमा रहेका फुसन मुर्मूकी पत्नी राधा १० महिनाको छोरालाई स्याहार्दै क्यान्सर रोगसँग लडिरहेको पाइएको छ । बाह्रदशी ७ डाँगीबारीकी राधा मुर्मू तीन सन्तानकी आमा हुन् । उनका १० महिनाको छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरी छन् । तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले […]

सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण.

झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् । सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित […]

दोमुखा सडक निर्माणमा तिब्रता

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दोमुखा सडक निर्माणमा तिब्रता.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडकको कामलाई तिब्रता दिएको छ । आज निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ । नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राविधिकहरुका अनुसार टेष्टको रिर्पोट भोली आएपछि बाटोको थप काम अघि बढ्ने छ । उक्त बाटोमा […]

झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै.

शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यायोक्खा साकेला माङ्खिमको मैदानमा वृहत साँस्कृतिक कार्यक्रमसहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ । नगरसमितिले पहिलोपटक ऐतिहासिक बहुसांस्कृतिक पर्वका […]

झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण.

भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको […]

चट्याङ लागेर पाँचथरको फालेलुङमा एकै गोठका ५४ भेडा मरे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चट्याङ लागेर पाँचथरको फालेलुङमा एकै गोठका ५४ भेडा मरे.

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. ३ देउरालीमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा सञ्चालन गर्दै आएको भेडीगोठका ५४ वटा भेडा चट्याङ लागेर मरेका हुन् । चरनमा गएको बेला गान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शनिबार साँझ […]

प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई.

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि […]

अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री.

इलाम । नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको हो । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी हुन् । सूर्योदय […]

मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै.

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिका भित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । खेलमा भद्रपुरका सबै वडाबाट आएका […]

बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी.

शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, […]