शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बालाजी मन्दिरको स्वरुप र कलाकृतिमा दिव्यधाम निर्माण भइरहेको हो । झण्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक […]
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको हो । आइतबार झापाका १० वटा क्याम्पसमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा ५२ […]
बुद्धशान्ति । आज भएको स्ववियु निर्वाचनमा सितारमेश बहुमुखी क्याम्पस बुधबारेमा ८१ दशमलव १७ प्रतिशत मत खसेको छ । आज बिहानको पानी झरीमा भिज्दै भए पनि विद्यार्थीहरु मतदानमा सहभागी भएकाले राम्रो मत खसेको हो । मत गणनाका लागि यतिबेला सर्वपक्षीय छलफल भइरहेको छ । मतपत्रमा भेटिने कतिपय संभावित अवस्थाका बारेमा निर्णय गरेपछि मतगणना शुरु हुने जनाइएको […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन भएको परीक्षामा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण भएका १५ जना कर्मचारीलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको हो । चैत २ […]
कनकाई। गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कनकाईको कोटीहोमस्थित अत्री अनुसुया भवनमा शनिबार सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्ष त्रयमा राजकुमार, कृष्ण र उर्मिला गौतम चयन भएका छन् । त्यसैगरी सचिवमा सोमनाथ गौतम पुनः दोहोरिएका छन् । सहसचिवमा विष्णुप्रसाद गौतम चयन हुँदा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार आय–व्यव विवरण सार्वजनिक गरेको हो । बिर्तामोड नगरमा नै पहिलो कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवनका लागि […]
त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. […]
झापा । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ झापाले जिल्लाका १५ वटै पालिका कमिटीको अधिवेशनका लागि ‘डेडलाइन’ तोकेको छ । महासंघका जिल्ला उपाध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको बैठकले यही चैत महिनाको २५ गतेभित्र १५ वटै पालिकाको अधिवेशन गरिसक्न समयसीमा निर्धारण गरेको हो । सबै पालिका कमिटीहरुलाई चुस्त दुरुस्त सञ्चालन गर्न र पार्टीले सञ्चालन […]
झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो कानमा प्रतिध्वनित भइरहेका हुन सक्छन् । तर स्मार्ट नगर कसरी बनाउने भन्नेमा सबै उम्मेदवारहरु सायद जानकार पनि थिएनन् । ‘सुकिलो […]
कमल । झापाको कमल गाउँपालिकाले व्यवसायिक कृषकहरुका लागि कृषि औजार तथा सामग्री प्रदान गरेको छ । गाउँपालिकाका व्यवसायिक कृषि उद्यमीहरुलाई सिंचाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले पानी तान्ने विद्युतीय मोटर हस्तान्तरण गरिएको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । गाउँपालिकामा दर्ता भएका टोल विकास संस्थाहरुबाट प्राप्त ६० वटा निवेदनको आधारमा प्रत्येक टोल विकास संस्थालाई १०० प्रतिशत […]