काठमाडौं । विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् । यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए । २८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए । […]
काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुर्घटनाको कारण भने स्पष्ट नभएको […]
काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारविरुद्धको आन्दोलन हिंसात्मक बन्दै जाँदा दिल्ली र उत्तर प्रदेशसहित कतिपय राज्यका धेरै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ नागरिकता संशोधन कानूनविरुद्धको आन्दोलन चर्किदै जाँदा हिंसा भड्किएपछि शुक्रवार उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । उत्तर […]
स्कटल्याण्डको मेक्डफ सहरमा एउटा अनौठो घटना भएको छ । ३८ वर्षकी मेल ब्रेमनर नामकी महिलाले बाथरुमभित्र नुहाइरहेको बेला उनको पेट फाटेर आन्द्रा बाहिर निस्किएको छ । ती महिला सुत्केरी भएको ५ दिन मात्र भएको थियो । बाथरुम भित्र नुहाइरहेको बेला भुइँमा रहेको स्याम्पु समाउनका लागि उनी जब निहुरिइन् तब अकस्मात उनको पेट च्यातियो र आन्द्रा […]
काठमाडौं । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन […]
काठमाडौं । अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् । पिपल्स पिस मुभमेन्ट ९पीपीएम० को र्याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन् । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्याली सुरु गरेको थियो […]
काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् । क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार […]
हामीकहाँ मेयर बन्नका लागि चुनावमा कस्तो रस्साकस्सी हुन्छ भन्ने कुरा देखिएकै छ । तर अमेरिकाको ह्वाइटहल सहरमा भने एकजना ७ महिनाको बच्चालाई मेयर बनाइएको छ । विलियम चार्ल्स म्याकमिलन उर्फ चार्ली नामको बच्चा उक्त सहरको मेयर बनेको हो । योसँगै चार्ली विश्वकै सबैभन्दा कम उमेरको मेयर बन्न सफल भएको छ । गतहप्ता ह्वाइटहल सामुदायिक केन्द्रमा […]
दुनियाँमा कहिलेकाहीँ निकै दर्दनाक घटनाहरू हुन्छन् । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिइन् । तर विडम्बना त्यो नवजात शिशु जीवित रहन सकेन । बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो । समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड […]
काठमाडौं । भारतमा विवादास्पद नागरिकता संशोधनसम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको […]