Sajhamanch Archive

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय.

भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट […]

तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरवको आरोप

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरवको आरोप.

साउदी अरवले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ । आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ । यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी […]

डेंगु नियन्त्रण गर्न सक्षम रहेकाले आपत्काल घोषणा गर्नुनपर्ने :स्वास्थ्यमन्त्री

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on डेंगु नियन्त्रण गर्न सक्षम रहेकाले आपत्काल घोषणा गर्नुनपर्ने :स्वास्थ्यमन्त्री.

काठमाडौं । डेंगु रोगबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जानकारी दिएका छन् । प्रतिनिधिसभा वैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री यादवले साउन १ देखि भदौ २३ सम्ममा ६ जनाको मृत्यु र ५ हजार ९५ जना संक्रमित भएको पनि बताए । यत्तिकै कारण मुलुकमा आपत्कालीन अवस्था घोषणा गर्नु नपर्ने भन्दै मन्त्री यादवले २०६१ […]

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने, हट्दैछ लाइक फिचर.

व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको […]

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै.

काठमाडौं। चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् । स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल […]

पौडी खेल्ने क्रममा घातक संक्रमण, १० वर्षीया बालिकाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on पौडी खेल्ने क्रममा घातक संक्रमण, १० वर्षीया बालिकाको मृत्यु.

टेक्सास । पौडी खेल्ने क्रममा एक प्रकारको ब्याक्टेरियाको संक्रमणमा परेर अमेरिकाको टेक्सासमा १० वर्षीया एक बालिकाको मृत्यु भएको छ । लिली एभन्ट नाम गरेकी ती बालिका घर नजिकैको नदीमा पौडी खेल्ने क्रममा घातक ब्याक्टेरियाको संक्रमणमा परेको बताइएको छ । पौडी खेल्दा नाकबाट उनको शरीरमा प्रवेश गरेको एक प्रकारको ब्याक्टेरिया मस्तिष्कसम्म पुगेपछि उनको स्वास्थ्यमा समस्या देखिएको […]

सोलुमा एक जना विदेशी नागरिकको मृत्यु, ७ जना बिरामी

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सोलुमा एक जना विदेशी नागरिकको मृत्यु, ७ जना बिरामी.

सोलुखुम्बु। सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् । केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा बिरामी भई मृत्यु भएको […]

ड्युटीका कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

Published: in विविधा, विविधा, समाज by . Leave a Comment on ड्युटीका कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा.

तल्लो तहका पुलिस कर्मचारीहरूले हाम्रो देशमा पनि राजीनामा दिने क्रम उच्च छ । उता भारतमा पनि एउटा यस्तै राजीनामासम्बन्धी घटना भएको छ । भारतजत्रो सवा अर्ब बढी जनसंख्या भएको देशमा एकजना पुलिस जवानले राजीनामा दिनु कुनै नौलो कुरा होइन । तर उनले राजीनामाले जताततै चर्चा बटुलेको छ । हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय […]

पर्यटकहरू चढेको डुङ्गा नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पर्यटकहरू चढेको डुङ्गा नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु.

भारतको  आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो। स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेका छन्।  बेपत्ताको खोजी […]

छतबाट खसेर २२ जना घाइते

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on छतबाट खसेर २२ जना घाइते.

न्युयोर्क । अमेरिकामा छतबाट खसेर २२ जना घाइते भएका छन् । एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका […]