Sajhamanch Archive

विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन.

हङकङ। सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन भएको छ । सरकारले विवादास्पद विधेयक स्थगित गरेको भए पनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । करिब २० लाख सहभागी भएको भनिएको प्रदर्शन हङकङको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन भएको मानिएको हो । प्रहरीले भने ३ लाख ३८ हजार मानिस विरोधमा सहभागी भएको जनाएको […]

भारतको तमिलनाडुमा खानेपानीको चरम संकट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतको तमिलनाडुमा खानेपानीको चरम संकट.

तमिलनाडु। भारतको दक्षिणी राज्य तमिलनाडुमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । सुख्खा मौसम र चर्को गर्मीका कारण पानीका स्रोत सुकेपछि चरम संकट भएको हो । तमिलनाडुमा लामो समयदेखि खडेरी परेको र मनसुनसमेत नभित्रिएपछि पानीको हाहाकार भएको हो । चेन्नइका कतिपय स्थानमा त पानीकै विषयलाई लिएर झडप पनि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चर्को […]

विश्वलाई नेपाल चिनाउने, हिमाल मात्रै कति देखाउने ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on विश्वलाई नेपाल चिनाउने, हिमाल मात्रै कति देखाउने ?.

काठमाडौं। कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् । चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो […]

विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विदेशी पुरुषसँग नेपाली महिलाको अनमेल बिहे बढ्दो.

काठमाडौं नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।  न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता […]

बिर्तामोडका सहकारीकर्मीहरुलाई जरुरी सूचना

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, विविधा, सहकारी by . Leave a Comment on बिर्तामोडका सहकारीकर्मीहरुलाई जरुरी सूचना.

बिर्तामोड नगरपालिका कार्यालय झापाको सहकारी अन्तरसम्वाद सम्बन्धी सूचना     बिर्तामोड नगरपालिकाको आयोजनामा निम्न मिति, समय र स्थानमा बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रमहरुका विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएकाले संस्थाका तर्फबाट अध्यक्ष वा एकजना प्रतिनिधि अनिवार्य सहभागी भइदिनु हुन अनुरोध छ । मितिः २०७६ असार २ गते सोमबार ।। समयः बिहान […]

भारतको ऋण अब रेल र सडकमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको ऋण अब रेल र सडकमा.

काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो । बैठकमा […]

भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर.

काठमाडौं । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी छ । ‘श्रमबाट जापान जानुपर्ने वर्ग यता (शिक्षा मन्त्रालय)बाट जान लागे । श्रमबाटै जाँदा सीप सिक्न सकिन्छ, यताबाट सीपविहीन भएर गएका छन्,’ शिक्षा मन्त्रालयका वैदेशिक अध्ययन […]

इन्टरनेटको मूल्य नबढ्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्टरनेटको मूल्य नबढ्ने.

काठमाडौं। इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको थियो । यससँगै इन्टरनेट सेवा प्रदायकले मूल्य नबढ्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद […]

विश्वकप क्रिकेट प्रतियोगितामा भारत र न्युजिल्यान्ड भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकप क्रिकेट प्रतियोगितामा भारत र न्युजिल्यान्ड भिड्दै.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् । खेलेका तीन खेलमध्ये तीनवटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको […]

हङ्कङका केही सरकारी कार्यालयहरु बन्द

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङ्कङका केही सरकारी कार्यालयहरु बन्द.

काठमाडौं । दशकयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भड्किएपछि हङ्कङका केही सरकारी कार्यालयहरु बन्द गरिएको छ । हङ्कङमा प्रस्तावित नयां सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय सरकारले केही कार्यालयहरु बन्द गरेको हो । आज विहानैदेखि प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । हिजो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि रवरका गोली र अश्रुग्यांस […]