Sajhamanch Archive

गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी

Published: (Updated: ) in विविधा, by . Leave a Comment on गुगल, ट्वीटर र फेसबुकलाई ट्रम्पको चेतावनी.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल, ट्वीटर तथा फेसबुकले समस्याग्रस्त क्षेत्रमा पनि हात हालेको भन्दै सचेत भएर काम गर्न चेतावनी दिएका छन्। गुगल, ट्वीटर तथा फेसबुकले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘ट्रम्प न्युज’ भनेर सर्च गर्दा गुगलले कथित रूपमा पूर्वाग्रह गरेको आरोप लागेपछि ट्रम्पले प्रविधि क्षेत्रका ‘जाइन्ट कम्पनी’हरूलाई निकै सचेत […]

किसानलाई वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराइने

Published: in विविधा by . Leave a Comment on किसानलाई वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराइने.

काठमाडौं । सरकारले अब किसानलाई वर्गीकरण गरी परिचयपत्र दिने भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदमा दर्ता गरेको खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा किसानको वर्गीकरण गरी स्थानीय तहले परिचयपत्र वितरण गर्ने उल्लेख छ। वर्गीकरणकै आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट तथा सुविधा उपलब्ध गराइनेछ। किसानले कमसल बिऊ बिजन […]

एक किलो मिठाइको मूल्य ९००० भारु !

Published: (Updated: ) in विविधा, by . Leave a Comment on एक किलो मिठाइको मूल्य ९००० भारु !.

नयाँ दिल्ली । हामीमध्ये धेरैले मिठाइ खाएको हुनुपर्छ । बजारमा विभिन्न प्रकारका मिठाइ पाइन्छन् । तपाईले खाएको मिठाइएको मूल्य कति होला ? सामान्यतया हामी ५/६ सय रुपैयाँ किलोसम्मका मिठाइ खान्छौं । तर एक किलो मिठाइको मूल्य १४ हजार रुपैयाँ (भारु ९०००) पर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । भारतमा ९ हजार भारतीय रुपैयाँ प्रतिकिलो पर्ने […]

एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !

Published: (Updated: ) in विविधा by . Leave a Comment on एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !.

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति […]

सूचनाको हक प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गरौंः प्रधानमन्त्री

Published: (Updated: ) in विविधा by . Leave a Comment on सूचनाको हक प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गरौंः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले  सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान […]

मन्त्री पुनले दिएः जनभावना अनुसार काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन

Published: in विविधा by . Leave a Comment on मन्त्री पुनले दिएः जनभावना अनुसार काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन.

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जनभावनाअनुसार चल्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्। विद्युत् प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावनाअनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराए। उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिए। शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औँ […]

सिरियाको एक भवनमा विस्फोटः ३९ जनाको मृत्यु

Published: in विविधा, by . Leave a Comment on सिरियाको एक भवनमा विस्फोटः ३९ जनाको मृत्यु.

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ । सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका […]

सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो पार्कर

Published: in विविधा, by . Leave a Comment on सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो पार्कर.

नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट छुटेको बीबीसीले जनाएको छ । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो । उहाँ अहिले ९१ वर्षको हुनुभएको […]

ट्राफिक नियम तोड्नेलाई यस्तो अनौठो सजाय

Published: in विविधा, by . Leave a Comment on ट्राफिक नियम तोड्नेलाई यस्तो अनौठो सजाय.

भारतमा ट्राफिक नियमको उल्लंघन धेरै नै हुनेगर्छ । धेरैजसो सडक दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन पनि हो । ट्राफिक नियम पालना नगर्नेमाथि आम रुपमा जरिवाना गरिने चलन हुन्छ । तर तेलंगनाको जोगुलंबा गडवाल जिल्लामा यसरी नियम उल्लंघन गर्नेलाई अनौठो सजाय दिइन्छ । एसपी रीमा राजेश्वरीले जिल्लामा अभियान नै चलाइन् जसअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई वृक्षारोपण […]

विप्लव समूहका प्रवक्ता समातिए

Published: (Updated: ) in विविधा by . Leave a Comment on विप्लव समूहका प्रवक्ता समातिए.

काठमाडाैँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । स्रोतका अनुसार प्रहरीले प्रकाण्डलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको  उच्च स्रोतले जानकारी  दिएकाे छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । बिष्फोट तथा चन्दा असुली मुद्दामा  प्रकाण्ड […]