Sajhamanch Archive

धार्मिक क्षेत्र सताक्षीधाममा ८७ केजीको घण्टी उपहार

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on धार्मिक क्षेत्र सताक्षीधाममा ८७ केजीको घण्टी उपहार.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जेवी याक्थुङ्गले निशुल्क ८७ केजीको घण्टी राखिदिएका छन् । शिवसताक्षी नगरपालिका वडा न.८ मा स्थायी घर र हाल हङ्गकङमा कार्यरत याक्थुम्बाले सताक्षीधामको दिवगेश्वर महादेवको मन्दिरको गेटमा आकर्षक स्तम्भ बनाई घण्टी राखिदिएका हुन् । आज उक्त घन्टीको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख […]

सिंहदरबारको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सिंहदरबारको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट.

काठमाडौँ। सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ। सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए। उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। […]

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, शिक्षा by . Leave a Comment on निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन.

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि […]

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत […]

नव वर्षको सुरुवातसँगै दूधे बजार सरसफाई

Published: in विविधा, समाज by . Leave a Comment on नव वर्षको सुरुवातसँगै दूधे बजार सरसफाई.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको दूधेबजारमा नव वर्ष २०८० सुरुवात मै बजार सरसफाई गरिएको छ। नव वर्षको अवसर पारेर नव गठित दूधे बजार विकास समितिले सरसफाई गरेको हो । बजार सरसफाईमा शिवसताक्षी नगरपालिका र सतासीधाम जेसीजले पनि सहकार्य गरेको दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । बजार विकास समितिले सरसफाई गरेको फोहोरलाई […]

आजदेखि २०८० साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on आजदेखि २०८० साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै.

काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा […]

सर्वोच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्न अनुरोध

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on सर्वोच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्न अनुरोध.

काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ। “नेपालको संविधानको धारा १७ को उपधारा […]

आज रास्वपाले ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on आज रास्वपाले ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने.

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ । ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ […]

नगरप्रमुख थोप्राले गरेको पहिलो निर्णय कार्यान्वयनमा, नगरपालिकामा आइपुग्यो दमकल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख थोप्राले गरेको पहिलो निर्णय कार्यान्वयनमा, नगरपालिकामा आइपुग्यो दमकल.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी आज नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । […]

दुधे बजार विकास समितिको अध्यक्षमा थोप्रा

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on दुधे बजार विकास समितिको अध्यक्षमा थोप्रा.

शिवसताक्षी । शिवसताक्षीमा रहेको दूधे बजारकामा सन्तोष थोप्राको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ मा पर्ने दुधेमा थोप्राको अध्यक्षमा ११ सदस्यीय बजार विकास समिती गठन भएको हो। नयाँ गठित समितीमा उपाध्यक्षमा सुर्य प्रकाश योङया, कोषाध्यक्षमा मुना बिमली, सचिवमा नवराज घिमिरे, स–सचिवमा गोपाल नोयङ (जि.एन.), सदस्यमा मन्जिल […]