Sajhamanch Archive

भद्रपुरका दुई युवा वैज्ञानिक सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on भद्रपुरका दुई युवा वैज्ञानिक सम्मानित.

भद्रपुर । भद्रपुर ५ स्थित सिद्धार्थ शिशुसदनमा अध्ययन पूरा गरी इञ्जिनियरिङमा स्थापित दुई युवालाई विद्यालयले सम्मान गरेको छ । भौतिक शास्त्र सिद्धान्तको प्रतितपादन गरी वैज्ञानिकका रूपमा प्रसिद्ध बनेका पूर्व विद्यार्थीद्वय आरिफ अली र दिव्यराज सापकोटालाई विद्यालय परिषरमा सम्मान गरिएको हो । वैज्ञानिक न्युटनको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान […]

एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक

Published: in राजनीति, विविधा by . Leave a Comment on एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक.

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले एमालेले गरेका काम जनतालाई सम्झाई दिएमात्रै पनि निर्वाचनमा एमाले उम्मेदवार सहजै विजयी हुने बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आज बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित संयुक्त […]

वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई बृत्ती तथा व्यवसायिक परामर्श

Published: in विविधा by . Leave a Comment on वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई बृत्ती तथा व्यवसायिक परामर्श.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई एक दिवशीय बृत्ती तथा व्यवसायिक परामर्श सम्बन्धि तालिम प्रदान गरिएको छ । पौरखी नेपाल काठमाण्डौको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा शिवसताक्षीको शिवगञ्जमा वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीहरुलाई एक दिवशीय तालिम प्रदान गरिएको हो । सरकारले भर्खरै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ […]

प्रतिनिधि सभाका उम्मेद्वार साँवाद्वारा चुनावी घरदैलोमा तिब्रता, एमालेको सरकारको विकल्प नरहेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on प्रतिनिधि सभाका उम्मेद्वार साँवाद्वारा चुनावी घरदैलोमा तिब्रता, एमालेको सरकारको विकल्प नरहेको दावी.

शिवसताक्षी। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी सावाँ लिम्बूले जनताको घर–दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । साँवा मंगलबार झापा गाउँपालिकाको वडा नं. ४ र वडा ५ का मतदाताहरुलाई आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै भेटघाटमा रहेका छन् । २०७४ सालको चुनावमा एमालेले सरकार बनाएपनि थोरै समयमात्र काम गर्न पाउँदा आफुले बनाएका योजना […]

चारपाने –राजगढ सडक खण्डमा दुर्घटना हुँदा जनाको मृत्यु,

Published: in विविधा by . Leave a Comment on चारपाने –राजगढ सडक खण्डमा दुर्घटना हुँदा जनाको मृत्यु,.

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्य भएको छ। सोही मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । चारपाने–राजगढ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते दुवै चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने

Published: in विविधा by . Leave a Comment on जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने.

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । जोशीको १०३ वर्षको उमेरमा […]

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, आइतबार झिलझिले बजार अनुगमन

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, आइतबार झिलझिले बजार अनुगमन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बजार अनुगमन गर्ने क्रममा आतइबार झिलझिले बजारको अनुगमन गरेको छ । नगरले दशै अगाडि देखि नै बजार अनगमनलाई निरन्तरत दिने क्रममा आज शिवसताक्षीको झिलझिले बजार अनुगमन गरेको हो । अनुगमन सँगसँगै नगरले म्याद गुज्रिएका खाद्य बस्तु विक्री वितरणमा थप कडाई गर्दै आएको छ। आन्तरिक राजश्व कार्यालय र नगरपालिकालेमा दर्ता, नवितरण नगरिकन […]

कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

Published: in लोकप्रिय, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने.

अर्जुनधारा । कालिकापीठ कालिस्थानको १८औं वार्षिकोत्सबको अवसर पारेर ११ दिवसीय बृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ । धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने वार्षिकोत्सबको तयारीका लागि कालिकापीठमा सप्पन्न छलफलबाट उक्त निर्णय भएको हो । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध […]

चुनाव प्रचारमा संलग्न सरकारी कर्मचारी र शिक्षकलाई निर्वाचन आयोगले थाल्यो कारबाही

Published: in विविधा, समाज by . Leave a Comment on चुनाव प्रचारमा संलग्न सरकारी कर्मचारी र शिक्षकलाई निर्वाचन आयोगले थाल्यो कारबाही.

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार […]

शिवसताक्षीमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः एकीकरण सम्वन्धी सम्वाद

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः एकीकरण सम्वन्धी सम्वाद.

शिवसाक्षी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय स्तरमा नै आत्मनिर्भर बनाउनका लागि छलफल गरिएको छ । पौरखी नेपालको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कसरी स्थानीय स्तरमा आत्मनिर्भर बनाउने र विदेशमा गरेको कामको अनुभवलाई नगर विकास जोड्ने विषयमा सम्वाद गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण नीति निर्माण […]