Sajhamanch Archive

भट्टराई छोरीबुहारी महिला संजालको तीज मिलन, कनकाईमा नगर समिति गठन

Published: in विविधा, समाज by . Leave a Comment on भट्टराई छोरीबुहारी महिला संजालको तीज मिलन, कनकाईमा नगर समिति गठन.

कनकाई । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला छोरी बुहारी महिला सञ्जालको आयोजना तथा कनकाई नगर शाखाको संयोजनमा शनिबार जिल्लास्तरीय तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ। भट्टराई कुलवंश प्रतिष्ठानका शाखा गठन भएका पालिकाहरु अर्जुनधारा, मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, कनकाई, शिवसताक्षी र दमक नगरपालिकाबाट सो कार्यक्रममा ३५० भन्दा बढी छोरी बुहारीहरुको उपस्थिती थियो। कनकाई नगरपालिका अन्तर्गतको धनुषकोटी […]

शिवसताक्षी नगरपालिकाका कर्मचारीले मनाए तीज

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका कर्मचारीले मनाए तीज.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले तीज अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षीको शिवगञ्ज स्थित सामुदायिक भवनमा निजमती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीको आयोजनामा नगरका महिला कर्मचारीहरुले तीज कार्यक्रम मनाएका हुन् । कार्यक्रममा निजामती कर्मचारी संगठन इकाई समिति शिवसताक्षीका अध्यक्ष विमल बास्कोटाले महिलाहरु चार्ड तीज कार्यक्रम राखेर कर्मचारीहरुप्रति गहिरो सम्बन्ध स्थापित […]

अखिल नेपाल महिला संघको १० औं अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on अखिल नेपाल महिला संघको १० औं अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने.

भद्रपुर । अखिल नेपाल महिला संघका केन्द्रीय सचिव मेनुका काफ्लेले महिलाहरु राजनीतिक सामाजिक र आर्थिक रुपले सुरक्षित छनभने नेकपा एमालेबाट सुरक्षित भएको बताइएकी छिन् । अखिलनेपाल महिला संघ झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय मोर्चामा महिला सहभागिताको कुरा अखिल नेपाल महिला संघले उठाएपछि नेकपा एमाले त्यसलाई आफ्नो मुद्दा मात्रै बनाएन बरु महिला सहभागितालाई संविधानमै […]

बालबालिका शिक्षा कार्यक्रम अब रेडियो हिमशिखरबाट पनि प्रशारण हुने

Published: in विविधा, समाज by . Leave a Comment on बालबालिका शिक्षा कार्यक्रम अब रेडियो हिमशिखरबाट पनि प्रशारण हुने.

बिर्तामोड । बालबालिका लक्षित रेडियो कार्यक्रम बालबालिका र शिक्षा झापाको रेडियो हिमशिखर बाट पनि प्रसारण हुने भएको छ। दमक बाट प्रसारण हुँदै आएको रेडियो हिमशिखर १०३।३ मेघाहर्जमा शुक्रबार बेलुकी ७स्१५ बजे र शनिबार बिहान ८स्१५ बजे प्रसारण हुने स्टेशन म्यानेजर हरिकृष्ण न्यौपानेले जानकारी दिए। यस अघि झापाबाट आँगन एफएम ८९।६ मेगाहर्ज,रेडियो बिराट ८८.५ , इलामको […]

झापाका तीन पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित.

विर्तामोड । झापाका सक्रिय तीन पत्रकारलाई दिवंगत साहित्यकार तथा पत्रकार डी।कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल […]

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु.

काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]

‘एमालेले ल्याएका विचार र विकाससँग प्रतिस्पर्धा गर्नुस्ः अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on ‘एमालेले ल्याएका विचार र विकाससँग प्रतिस्पर्धा गर्नुस्ः अध्यक्ष ओली.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका विचार र विकासका कामसँग अरु सरकारले प्रतिस्पर्धा गर्न आग्रह गरेका गरेका छन् । आज (आइतबार) बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा ओलीले अरु सरकारले विकासका राम्रा काम गर्ने प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन् । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन […]

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमलमा बद्रीराम राई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमलमा बद्रीराम राई.

कमल  । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कमल गाउँपालिकाका दोस्रो अधिवेशनले आगामी तिन वर्ष कार्यकालकालागी बदी राम राईलाई अध्यक्षमा चयन गरेको छ । उनलाई किराँत राई यायोख्खाको तर्फ बाट अध्यक्षमा प्रस्ताव गरिएको थियो । त्यसैगरी परिषद्को उपाध्यक्षमा ताजपुरीया समाज कल्याण परिषद्का तर्फ बाट तिर्थ कुमार ताजपुरिया ,नेपाल शेर्पा संघका तर्फ बाट अमृता लामा (शेर्पा),सुनावार […]

कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी.

विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन […]

झापाका तीन पत्रकार सम्मानित हुने, भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान

Published: in विविधा, समाज by . Leave a Comment on झापाका तीन पत्रकार सम्मानित हुने, भीमालाई वर्ष उत्कृष्ट, विष्णु र गंगालाई उदयीमान.

झापा । झापाका तीन पत्रकार सम्मानित हुने भएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृती वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको ५ सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको […]