Sajhamanch Archive

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

Published: in विविधा by . Leave a Comment on मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन.

काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान […]

कोरोना महामारीमा बन्द गरिएका विद्यालयसहित सबै क्षेत्र खुला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कोरोना महामारीमा बन्द गरिएका विद्यालयसहित सबै क्षेत्र खुला.

काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति ) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु […]

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो

Published: (Updated: ) in विविधा by . Leave a Comment on धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो.

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । अनलाइनखबर

पब्लिक स्पीकर प्रसाईलाई झापामा नागरिक अभिनन्दन

Published: in विविधा, समाज by . Leave a Comment on पब्लिक स्पीकर प्रसाईलाई झापामा नागरिक अभिनन्दन.

बिर्तामोड । पब्लिक स्पीकर रमेश प्रसाईलाई झापाको बिर्तामोडमा नागरिक अभिनन्दन गरिएको छ । झापाको बिर्तामोड –१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाली कलाकारहरुको तर्फबाट पब्लिक स्पीकर प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो । झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै […]

उज्वल महिला कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न

Published: in विविधा, सहकारी by . Leave a Comment on उज्वल महिला कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीले आफ्नो साधारण आ.व. ०७६÷०७७ मा ४ लाख बढी मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक जगतबिर लिम्बुले बार्षिक प्रतिवेदनमा उल्लेखित हिसाब शेयर […]

‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकीमा

Published: (Updated: ) in विविधा by . Leave a Comment on ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकीमा.

रुकुम । रुकुमकी एक महिला ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकी पुगेकी छिन् । रुकुमको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा आफैले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले घरायसी विवादमा धारिलो चक्कु हानेर श्रीमान् चित्रबहादुर थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी […]

शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७७ मनाइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७७ मनाइने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागी पुजा मनाइएको छ । शिवसताक्षीको दूध स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको नव निर्मित भवनको परिषरमा चासोक तङनाम २०७७ मनाइएको हो । चासोक तङ्नाम पौष १५ गते आयोजना गरिएको याक्थुङ नालिफुङ्वा चुम्भो शिवसताक्षीले जनाएको छ । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी […]

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप, ९४.५ प्रतिशत कोरोनामुक्त

Published: in विविधा by . Leave a Comment on गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप, ९४.५ प्रतिशत कोरोनामुक्त.

काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंत्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई […]

भट्टराई कुल वंशको सामूहिक कुल पूजा सम्पन्न

Published: in विविधा by . Leave a Comment on भट्टराई कुल वंशको सामूहिक कुल पूजा सम्पन्न.

भद्रपुर । भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक कुल पूजा तथा वंश भेला सम्पन्न गरेको छ । प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको घरमा जेष्ठ सदस्य माहानन्द भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठानकी केन्द्रीय सदस्य गोमा भट्टराई, पूर्व केन्द्रीय सदस्य […]

मोबाइल चार्जका क्रममा घरमा आगलागी

Published: in विविधा by . Leave a Comment on मोबाइल चार्जका क्रममा घरमा आगलागी.

काठमाडौं । नागार्जुन नगरपालिका १ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।