Sajhamanch Archive

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा.

काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप […]

सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण.

झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् । सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित […]

लुटपाटका लागि बीभत्स हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लुटपाटका लागि बीभत्स हत्या.

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो। हत्यामा विश्वकर्मा एक्लैको संलग्नता […]

दोमुखा सडक निर्माणमा तिब्रता

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दोमुखा सडक निर्माणमा तिब्रता.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडकको कामलाई तिब्रता दिएको छ । आज निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाले बाटोको फिल्ड डेन्सीटी टेष्ट गरेको छ । नगरपालिकाका प्राविधिकहरुले उक्त सडकको ८ स्थानमा फिल्ड डेन्सीटी टेष्ट गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्राविधिकहरुका अनुसार टेष्टको रिर्पोट भोली आएपछि बाटोको थप काम अघि बढ्ने छ । उक्त बाटोमा […]

झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गरिँदै.

शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यायोक्खा साकेला माङ्खिमको मैदानमा वृहत साँस्कृतिक कार्यक्रमसहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ । नगरसमितिले पहिलोपटक ऐतिहासिक बहुसांस्कृतिक पर्वका […]

सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने.

पाल्पा। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ। राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ। शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ। रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट […]

भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी.

काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् । उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । […]

उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी […]

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो.

पाटन । पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो। गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो। सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। टाउको […]

निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी.

काठमाडौँ । चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्। हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। निराको […]