Sajhamanch Archive

विश्वकपको ट्रफी नेपाल ल्याइँदै

Published: in खेलकुद by . Leave a Comment on विश्वकपको ट्रफी नेपाल ल्याइँदै.

काठमाडाैं । क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी दिएको हो । २०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ । ट्रफी विहान ५ बजेदेखि […]

छोराको कुटपिटबाट बाबुको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on छोराको कुटपिटबाट बाबुको मृत्यु.

लहान । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा […]

बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित

Published: in खेलकुद, by . Leave a Comment on बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित.

स्पेनिस ला लिगा अन्तर्गत फुटबलमा साबिकको विजेता बार्सिलोनाले भायाडोलिडविरुद्ध संघर्षपुर्ण जित आत्मासाथ गरेको छ। भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै बार्सिलोनाले जित निकालेको हो। खेलको ५७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। डेम्बेलेले सेर्गी रोबर्टोको पासमा […]

किसानलाई वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराइने

Published: in विविधा by . Leave a Comment on किसानलाई वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराइने.

काठमाडौं । सरकारले अब किसानलाई वर्गीकरण गरी परिचयपत्र दिने भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदमा दर्ता गरेको खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा किसानको वर्गीकरण गरी स्थानीय तहले परिचयपत्र वितरण गर्ने उल्लेख छ। वर्गीकरणकै आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट तथा सुविधा उपलब्ध गराइनेछ। किसानले कमसल बिऊ बिजन […]

विप्लव, कुमार लिङ्देनदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार

Published: in मिडियाबाट साभार by . Leave a Comment on विप्लव, कुमार लिङ्देनदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै सरकार.

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका […]

सर्वसाधारण सेवाग्राहीलाई समेत पोसाक तोक्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on सर्वसाधारण सेवाग्राहीलाई समेत पोसाक तोक्ने तयारी.

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ । गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो, उनले भने, यसबारे केहि निर्णय त भएको छैन, छलफल भने चलाएका छौँ । मर्यादित पोसाक […]

कुखुरा नपाल्ने गाउँ !

Published: in मिडियाबाट साभार by . Leave a Comment on कुखुरा नपाल्ने गाउँ !.

मकवानपुर । हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ […]

‘विमस्टेकमा सबैलाई होइन, विद्यालय बिदा’

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ‘विमस्टेकमा सबैलाई होइन, विद्यालय बिदा’.

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन । जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता […]

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

Published: in मिडियाबाट साभार by . Leave a Comment on महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार.

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको  छ । श्रेष्ठ गाउँपालिकाको छाता […]

नेपाल भारत मैत्री संघमा रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल भारत मैत्री संघमा रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन.

भद्रपुर । नेपाल भारत मैत्री संघको पाँचौं मैत्री सभाले प्रदिपमणि रेग्मीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भद्रपुरमा भएको पाँचौं मैत्री सभाले २१ सदस्यीय जिल्ला कार्य समिति र १४ जनालाई केन्द्रीय सभा सदस्य पदमा निर्वाचित र मनोनित गरेको हो । जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा विश्वनाथ श्रेष्ठ, उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, सचिवमा गणेश […]