“बालअधिकार सुनिस्चित गर, अपराधिलाई फाँसि दे”, “बालबालिकाको सुरक्षा कायम गर ,अपराधिलाई कारबाही गर” लगायतका नारा लगाउदै देवि मावि बाट निस्किए बालबालिका ।
बिर्तामोड । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई आइइएलटीएस सम्बन्धी सेवा तथा भिसा सम्बन्धी सेवा प्रवाह गर्दै आएको ओली एण्ड एसोसिएट कन्सलटेन्सीको बिर्तामोड कार्यालय अब नयाँ गेटअप र सेटअपमा सुरु भएको छ । बिर्तामोडस्थित शनिश्चरेरोडमा रहेको केशव गिरी कम्प्लेक्समा सरेको सो कन्सलटेन्सीले अब विद्यार्थीहरुलाई थप प्रभावकारी ढंगले एब्रोड सम्बन्धी जानकारी तथा एसोसिएट सम्बन्धी सेवा प्रदान […]
बिर्तामोड । बिर्तामोडका पुराना बासिन्दा सामाजिक तथा राजनीतिक व्यक्ति स्व. काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको हो । वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले स्वर्गीय आमा कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । […]
झापा जिल्लावृत्तमा केन्द्रित भएर किंवा झापा सदरमुकाम, झापाका सबभन्दा ठूला शहरहरू क्रमशः विर्तामोड, दमक, गौरादह, धुलाबारी, काँकरभिट्टा इत्यादि मात्रका सेरोफेरोलाई लेखकीय आधार बनाउने हो भने देशमा प्रकीर्ण सबैखाले विकृति–बिसंगतिमा सुधार अवश्यै सजिलो छैन । सरकारी नियामक निकायहरू ऐन–कानूनका प्रति अभ्यन्तरबाटै जवाफदेही नभएसम्म परम्परादेखि कचल्टिदै आएका बैइमानी र ऐन–कानून गिजोलेर अबैध किसिमका काम मिलाई फत्ते गरादिने […]
अर्जुनधारा । पूर्वको पशुपति नामले चिनिने अर्जुनधारा जलेश्वर धाममा साउन महिनाको अन्तिम सोमबार आज हजारैको सङ्खयामा धार्मिक तिर्थयात्रिको घुईचो लगेकोे छ । शनिश्चरेको मुख्य चोकबाटै लाईनमा बसेका भक्तजन घन्टै सम्म कुरेर पुजा गरेका छन । फूलका थालि तथा कासको लोटामा पानी तथा पञ्चामृत लिएर शिवको आर्धना गरिरहेका थिए । स्वमि हेमानन्द्र गिरीकोे पनि आथित्यता रहेको […]
दमक । झापाका क्रियाशील पत्रकार विष्णु सुब्बा स्व.गणेश वस्नेत उत्कृष्ठ पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुने भएका छन। मेची सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारवाट यसवर्ष पत्रकार सुब्बा पुरस्कृत हुने भएका हुन् । सो पुरस्कार मेची सहकारी संस्थाको भाद्र १२ गते २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाका दिन प्रदान गरिने छ । […]
दूधे । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम दिन प्रतिदिन क्षयरोगी संख्यामा बृद्धि भइरहेको जानकारी गराइएको हो । नगरपालिकाको ११ वडाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधाम स्थित स्वास्थ्य चौकीका […]
दमक। झापाको दमकमा सोमबार बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ । होटलमा विद्युत सट भई आगो लागेको बताइएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए […]
ललितपुर । किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सञ्चालक द्वयले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता […]
भद्रपुर । झापा कारागारबाट आइतबार एक कैदी फरार भएका छन् । साविक जुरोपानी गाविस ९ हाल गोरादह नगरपालिका ८ निवासी उमेस माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी उपरीक्षक जितेन्द्रकुमार वस्नेत जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएका थिए। सोही […]