काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ । सो भवनमा एक जना हतियार तस्करले हतियार भण्डारण गरेको बताइएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका […]
नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । यसकै आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् । ‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी […]
दुईपाङ्ग्रे सवारी चालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको […]
कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला […]
नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र मानिन्छन् । लोकसेवा […]
इंग्लिस प्रिमियर लिगमा जारी सिजन उपाधिका लागि सर्वाधिक अघि मानिएको लिभरपुलले आफ्नो पहिलो खेलमा रवाफिलो जित हासिल गरेको छ। आफ्नो उदघाटन खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ४–० गोलले पराजित गरेको हो। प्रिमियर लिगमा जित संख्या ५०० पुर्याउने क्रममा लिभरपुलले खेलको १९ औं मिनेटमा मोहमद सलाहले टिमका लागि पहिलो गोल गरे। गत सिजन पनि उत्कृष्ट प्रदर्शन […]
काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहको तथ्यांकले देखाएको छ। सरकारद्वारा गसठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कायदलले तयार पारेको तथ्यांकमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ। कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदललाका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि […]
काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्से्नि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर […]
बिर्तामोड । झापाका विद्यार्थी नेतृले यौनहिंसा र बलात्कार विरुद्ध स्थानीय तहमा ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु र युवा संघको महिला विभागले आइतबार जिल्लाका चार स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य निता घतानीले जानकारी दिइन् । बढ्दै गएको यौनहिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाइएको उनको भनाई छ । दुई संगठनको महिला विभागले […]