धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते […]
काठमाडौँ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ तेस्रो साता भारतको उत्तरप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गर्दा कम्युनिस्ट खेमाबाट चर्को आलोचना भयो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अँगालेर पनि धर्मकर्ममा आशक्त बनेको भन्दै उनकै टीकाटिप्पणी चल्यो । भ्रमण सकेर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै दाहालले ‘मैले गेरुवस्त्र लगाउँदिन भनेको भए एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो’ भनेर […]
काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ […]
काठमाडौं । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]
काठमाडौँ । विशेष अदालतले कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गर्दै तिनैजना प्रतिवादीसँग दामासाही रूपमा […]
असार ६ गते द्रोणाचार्य क्षत्रीलाई सम्झने दिन हो । २०५० साल असार ६ गते द्रोणाचार्य क्षेत्रीको निधन भएको हो । उहाँलाई सम्झने दिन आजभन्दा चार वर्ष अगाडि नै लेखेको यो लेख, लेखकको अनुमतिमा प्रकाशन गरिएको छ । द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यति बेला द्रोणाचार्य […]
झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालसमेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् । उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका […]
शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक रोगी अम्बिका ढकाललाई इटहरी स्थित मायाघर नेपालले उद्धार गरि लगेको थियो । आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा […]
बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो । आइतबारदेखि सुरु भएको कार्यक्रममा योजना छनोट, नेतृत्व विकास तथा बालमैत्रीका विषयमा प्रशिक्षण गरिएको थियो । जिल्ला बाल […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तयार गर्दै गरेको युवा उद्यमशिलता नीतिको सारसंक्षेप माथि मंगलबार पोखरामा छलफल गरिएको छ । नेपालमा युवा उद्यमशिलताको अवधारणा, अवस्था र प्रवृत्ति एवं उद्यमशिलता प्रवर्धनमा रहेको चुनौति, बाधा र असहजता पहिचान गरी समाधानका व्यवहारिक र उपयुक्त रणनीतिक उपाय पहिल्याउने उद्देश्यले यो नीति तयार गर्न लागिएको हो । नीति निर्माणका लागि […]