Sajhamanch Archive

ओली र दाहाल झन् आक्रामक बन्दै : कांग्रेसको आपत्ति 

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ओली र दाहाल झन् आक्रामक बन्दै : कांग्रेसको आपत्ति .

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा। गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का […]

अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार

Published: in समाज by . Leave a Comment on अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार.

लहान । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका हुन्। उनको टाउकाको बायाँ, घाँटी र बायाँ हातमा खुकुरी प्रहारबाट चोट लागेको छ। […]

कृष्ण भगवानको प्रेरणा भन्दै सांसदले भित्राए ५८ श्रीमती

Published: in विविधा by . Leave a Comment on कृष्ण भगवानको प्रेरणा भन्दै सांसदले भित्राए ५८ श्रीमती.

५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका एक व्यक्तिले जीवनमा ५८ वटी महिलासँग बिहे गर्लान् भन्ने कल्पना सायदै गर्न सकिएला । तर बागुन सुम्ब्रुइ नामका व्यक्तिले भने धेरै सांसद् तथा मन्त्रीले गर्न नसकेको काम गरिदिए । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै […]

आज विदेशी मुद्राको मूल्यमा घटबढ

Published: in अर्थतन्त्र by . Leave a Comment on आज विदेशी मुद्राको मूल्यमा घटबढ.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० […]

छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि यसरी खोसियो शेरबहादुर तामाङको मन्त्री पद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि यसरी खोसियो शेरबहादुर तामाङको मन्त्री पद.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु […]

ग्रिसमा भीषण आगलागी, २० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ग्रिसमा भीषण आगलागी, २० जनाको मृत्यु.

काठमाडौं । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेकाे अागाेमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिस […]

यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु.

काठमाडौं। झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी […]

सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सिण्डिकेटधारी व्यवसायीको बैंक खाता फुकुवा.

काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।  सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा […]

सय रुपैयाँ क्षतिपूर्ति भराउन अदालतमा निवेदन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सय रुपैयाँ क्षतिपूर्ति भराउन अदालतमा निवेदन.

विराटनगर । क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ की इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छिन् । अदालतको फैसला कार्यान्वयमा ढिलाइ भएपछि चापागार्इंले निवेदन दिएको बताइन् । विराटनगर–४ बरगाछीस्थित गोग्राहा माविकी व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चापागाईंले तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दिएकी थिइन् । २०७२ मा दर्ता गरिएको मुद्दामा […]

फरार अभियुक्तलाई पनि राज्यमन्त्री बनाउन सिफारिस !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on फरार अभियुक्तलाई पनि राज्यमन्त्री बनाउन सिफारिस !.

राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् । मधेस आन्दोलनका बेला जलेश्वरमा घाईते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै […]