जार्काता । इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अरू १२५ जनालाई भने उद्धार गरिएको छ। इन्डोनेसियामा दुई हप्ता अगाडि १६० जना बेपत्ता हुनेगरी यस्तै अर्को दुर्घटना भएको थियो। यस्ता दुर्घटना इन्डोनेसियामा बेला बेलामा […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले वर्तमान सरकार शोषक सामन्तीको पक्षमा उभिएको टिप्पणी गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् । सत्तापक्षमा हुँदा र नहुँदा दलहरूको व्यवहार फरक–फरक रहेको भन्दै कार्कीले संविधानले दिएको अधिकारलाई केपी ओली सरकारले हनन् गरेको आरोप लगाइन् । उनले केपी ओली र […]
सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च भएको छ। पूर्वि भेगमा तीन दिन यताको वर्षासँगै सप्तकोशी नदीको वहावमा मंगलबार बढेको हो। पछिल्लो मापनअनुसार कोशीमा पानीको वहाव एकलाख ३८ हजार ७५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ। कोशी व्यारेजका २३ वटा ढोका खोलिएका छन्। आइतबार साँझ एक लाख ३१ हजार क्युसेक पुगेको नदीको वहाव क्रमश घट्दो […]
उदयपुर। बेपत्ता भएकी महिलाको शव खोलामा भेटिएको छ। जिल्लाको त्रियुगा नगरपालिकास्थित काली खोलाले बगाएर सोमबार बेपत्ता भएकी नगरपालिका–७ की ५४ वर्षकी नरमाया बुर्जामगरको शव मंगलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार खोलाले बगाई बेपत्ता भएकी नरमायालाई सोमबार दिउँसो खेतबाट घरतर्फ फर्कने क्रममा खोलाले बगाएर बेपत्ता […]
कनकाई नगरपालिका वडा नं. ३ का ४६ गरिब तथा लक्षित वर्गका परिवारलाई प्रतिघर एउटाका दरले बाख्राका पाठा निःशुल्क प्रदान गर्न थालिएको छ । ३ नम्बर वडाको लक्षित बजेटबाट वडाका ६ टोललाई बाख्राका पाठा वितरण गर्न थालिएको हो । वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, सदस्यहरु युवराज चम्लागार्इं र छवि थपलियासहित पत्रकार लीलाराज झापालीले नमूना टोलमा आयोजित कार्यक्रममा बाख्राका […]
काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न खेलमा सट्टेबाजीको धन्दा चलाएर नेपाल र भारतमा सम्पत्ति जोडेको नागराज भनिने नथमल अग्रवाललाई सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाएको छ । महाशाखाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सट्टेबाजीको नेपाली कोब्रा अग्रवाललाई मंगलबार पेस गरेको छ । संगठित रूपमा नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका भारतीय नागरिक अग्रवाललाई गएको साता पानीपोखरीबाट प्रहरीले पक्राउ […]
काठमाडौं । ब्राजिली सुपरस्टार खेलाडी नेइमारले सोमबार भएको विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा एक गोल गरे भने अर्को गोलको लागि पास मिलाइदिए । तर, मेक्सिकोमाथि ब्राजिलको २-० को जीतमा नायक बनेका नेइमारको खेल कौशलको भन्दा पनि उनको ‘नाटक’ को बारेमा धेरैले चर्चा गरेका छन् । मेक्सिकोका खेलाडी मिगेल लाएनले सामरा एरेनाको टचलाइनमा बल खोस्ने क्रममा फरवार्डको खुट्टामा […]
काठमाडौँ । बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ । सर्लाहीमा बाढीले बगाएर थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो । हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चन र टेकबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ […]
बैंकक । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ । गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर […]
कैलाली । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ […]