Sajhamanch Archive

साढे २ प्रतिशतले घट्यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on साढे २ प्रतिशतले घट्यो नेप्से.

काठमाडौं । सेयर बजारमा साढे २ प्रतिशतको उच्च गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत) ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ । गत साता उच्च वृद्धि भएको लघुवित्त उपसूचक सहित बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि गिरावट हुँदा नेप्सेमा उच्च गिरावट भएको […]

कोशीको नयाँ मुख्यमन्त्री टुंग्याउन काठमाडौं पुगे कांग्रेस र माओवादीका नेता

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको नयाँ मुख्यमन्त्री टुंग्याउन काठमाडौं पुगे कांग्रेस र माओवादीका नेता.

काठमाडौं । कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्। कांग्रेस प्रदेश संसदीय दलका नेता दुई दिनदेखि काठमाडौंमा छन् भने माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बो पनि आजै काठमाडौं आएका छन्। प्रदेश प्रमुखले सरकार गठनको आह्वानको तयारी गर्दा उनीहरू मुख्यमन्त्री बन्ने आकांक्षासहित काठमाडौं आएका हुन्। उनीहरूले […]

जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जापानमा मोरङकी राजवंशीद्वारा आत्महत्या.

झापा । जापान अध्ययनका लागि गएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । ४ बर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मोरङ बेलबारी नगरपालिका वार्ड नम्वर ९, डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत […]

उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on उदयपुरमा नाबालिक बलात्कार आरोपमा एकजना पक्राउ.

काठमाडौं । उदयपुरमा ६ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३, दगले बस्ने ३५ वर्षीय मकरबहादुर तामाङ रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मकरले ती बालिकालाई आफ्नै घरमा गत बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई […]

काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउने.

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्‍गामा तारबार लगाउने भएको छ। महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको हो। आइतबार दिउँसो नगर प्रहरी महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जाँदै छ। उक्त टोलीले आज जग्गा नाप्ने र त्यसपछि तारबार लगाउने महानगरले जनाएको छ। पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता […]

युएईविरुद्ध नेपाललाई दोश्रो सफलता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on युएईविरुद्ध नेपाललाई दोश्रो सफलता.

काठमाडौँ । आइसीसी विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपाललाई दोश्रो सफलता प्राप्त भएको छ। जिम्बाबेको हरारेमा जारी यो खेलमा नेपालका सन्दीप लामिछानेले युएईविरुद्ध १५ औभरमा युएईका आन्यास शर्मालाई आउट गरेपछि नेपाललाई दोश्रो सफलता प्राप्त भएको हो। युएईको दोश्रो विकेट पतन हुँदा ६४ रन रहेको थियो। टस जितेर पहिला बलिङ रोजेको नेपालले पहिलो ओभरको दोश्रो […]

ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन : डा. भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ललिता निवास प्रकरणमा मेरो कुनै भूमिका छैन : डा. भट्टराई.

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताएका छन् । प्रकरणमा आफ्नो प्रमकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उनले १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ […]

कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?.

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला । कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ […]

फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन

Published: in International, मिडियाबाट साभार, विविधा by . Leave a Comment on फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन.

काठमाडौं । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ । त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड […]

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग.

ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन्। निरीक्षणका क्रममा पाँचथरको […]