Sajhamanch Archive

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ.

काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन […]

युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन

Published: in विश्व समाचार by . Leave a Comment on युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति – पुटिन.

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने बताए। पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा […]

रतुवामाई नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा एमालेले सहयोग र समन्वय गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on रतुवामाई नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा एमालेले सहयोग र समन्वय गर्दै.

रतुवामाई (मोरङ) । नेकपा एमाले, रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट नगरबासीको अपेक्षासहितको रायसुझाव राख्ने १९ जनाको प्रस्तुति सुनेपछि सो संयन्त्र बनाइएको हो । नगरमा उपलब्ध पार्टी प्रतिनिधि, बहुमत जनप्रतिनिधि र […]

कोशीको नीति तथा कार्यक्रम : लगानी सम्मेलन गर्ने, क्रिकेट मैदान बनाउने

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशीको नीति तथा कार्यक्रम : लगानी सम्मेलन गर्ने, क्रिकेट मैदान बनाउने.

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने उल्लेख गरिएको […]

कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ).

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सभामा आज नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित वहुवर्षीय आयोजनाहरु […]

कोसी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै काउन्टर सञ्चालन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पतालमा ज्येष्ठ नागरिक र अशक्तका लागि छुट्टै काउन्टर सञ्चालन.

विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर उद्घाटन गरेका छन । यसले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीलाई टिकट काट्न तथा औषधि लिन सहज हुने […]

लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो.

काठमाडौं । तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ । बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको […]

कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !.

विराटनगर । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोशी प्रदेशमा हिक्मत सरकार संकटमा रहेको निश्कर्षसहित संघीय गठबन्धनका दलहरुबीच नयाँ सरकार गठनको गृहकार्य सुरु भएको पाइएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र–नेकपा एस– जसपा गठबन्धनको स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र आएको छैन । मध्यवधी निर्वाचनको जोखिम पनि भएका कारण दलहरुले […]

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु.

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो । चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि […]

नेपाल भित्रियो मनसुन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपाल भित्रियो मनसुन.

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा […]