Sajhamanch Archive

बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने.

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ। जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि […]

भद्रपुर नगरको आवधिक योजना सम्बन्धि दुई दिने तालिम

Published: in लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरको आवधिक योजना सम्बन्धि दुई दिने तालिम.

भद्रपुर । भद्रपुर नगरपालिकाले आवधिक योजना र मध्यकालिन खर्च संरचना निर्माण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवाला कर्मचारीलाई दुई दिने तालिम प्रदान गरेको छ । विकसित तथा उन्नत नगरका लागि निर्माण हुनुपर्ने योजनाका लक्ष्य निर्धारण गर्दै प्रष्ट गन्तव्यका साथ मध्यावधी खर्च संरचना बारे जानकारी राख्न सक्ने सरोकारवाला निर्माण गर्न तालिम आयोजना गरिएको जनाइएको छ । तालिमको सहजीकरण […]

बिर्तामोड २ मा १७ सदस्यीय वडा बाल संजाल गठन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड २ मा १७ सदस्यीय वडा बाल संजाल गठन.

बिर्तामोड । बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बिर्तामोड २ मा बालक्लब गठन गरिएको छ । एलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो । क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी, सहसचिव दिपशिखा दास र कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका हुन् । बाल सञ्जाल समितिका सदस्यहरूमा यादव मिश्र, इशान्त भट्टराई, […]

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने.

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी […]

आयोजक एकेडेमी च्याम्पियन बन्दै सकियो मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक एकेडेमी च्याम्पियन बन्दै सकियो मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता.

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न दुई दिवसीय प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ प्रदेश र आयोजक टिम सहभागी प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष उप्रेती, ६७ केजी तौलका दिपक […]

एनएमसी टी ब्राण्डमा सिटीसी चिया बजारमा आउँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसी टी ब्राण्डमा सिटीसी चिया बजारमा आउँदै.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो । आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा […]

लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण

Published: in विविधा by . Leave a Comment on लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयमा एक दिवशीय बाल अधिकार सम्बन्धी बाल क्बल अभिमुखीकरण गरिएको छ । लक्ष्मी नारायण माध्यमिक विद्यालयका बाल क्लबहरुलाई सहभागी गराई एक दिवशीय अभिमुकीकरण गराइएको हो । बाल अधिकार चेतना समूहको आयोजनामा गरिएको अभिमुखीकरणमा बाल अधिकार, बाल क्लबले गर्नु पर्ने काम कर्तव्य अधिकार, बाल मैत्री […]

निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन.

काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। ‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने। यदि निजामती कर्मचारीले यस्ता […]

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन.

काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो। क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि क्याम्पसले प्राध्यापक […]

महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on महासंघको सदस्यता शुद्धिकरणः १५ बुँदाभन्दा बाहिर गएकोमा सुवेदीको आपत्ती.

झापा । नेपाल पत्रकार महासंघ झापा कार्यसमितिका सदस्य अच्युतराज सुवेदीले सदस्यता शुद्धिकरणका नाममा कार्यदल पूर्वाग्रही बनेको पाइएको जनाउँदै शनिबारको बैठकले गरेको उक्त निर्णयमा असहमति प्रकट गरेको जनाएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शाखा कार्य समितिका सदस्य सुवेदीले महासंघको केन्द्रीय कार्यसमितिको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ लाई लत्याउँदै आफूखुसी नियम बनाएर झापा शाखाको कार्यदलले […]