Sajhamanch Archive

नेसपाको बैठक आजदेखि सुरु हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेसपाको बैठक आजदेखि सुरु हुँदै.

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नेसपा०को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते)- २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप […]

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते.

वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ । अर्जुनचौपारी गाउँपालिका=३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको […]

चप्पलको चिरफार र चर्चा

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on चप्पलको चिरफार र चर्चा.

कवि लक्की राशि युवा मनहरुका ढुकढुकी हुन् ।नयाँ जोश र जाँगरको बिम्ब हुन् उनी । उनको पहिलो तर नविन प्रयोग गरिएको कविता सङ्ग्रहको नाम हो ‘चप्पल’ । जिबीएलओको प्रकाशनमा बजारमा ल्याइएका छोटा कविताहरुको यस कृतिमा जम्मा ७७ वटा कविताहरु सङ्ग्रहीत छन् ।हाल उनी अमेरिका निवासी स्रष्टा हुन् तर हिजो भुटान र नेपालको बसाईंका क्रममा जीवन […]

अझै ५ दिन गर्मी बढ्ने अनुमान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on अझै ५ दिन गर्मी बढ्ने अनुमान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव.

काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक […]

न्याय सम्पादनमा अब्बल शिवसताक्षी नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on न्याय सम्पादनमा अब्बल शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० ओटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई फच्र्योट नभएका मद्धा ११ थान रहेका थिए । फच्र्योट हुन बाँकी १७ ओटा मुद्धा मध्ये ८ मुद्धा विचाराधिन ४ मुद्धा फिर्ता र ५ ओटा मुद्धा मेलामिलाप हुन नसकेपछि दुवै पक्षको सहमतिमा […]

कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा.

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका […]

एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन.

काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता […]

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०२/२३ जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. उमानाथ ओझा (सदस्य नं. १२३६२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल जेठ ०९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने निजका […]

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

Published: in समाज by . Leave a Comment on पूर्वराज्यमन्त्री महेश चौधरीको निधन.

काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । चौधरी २०४८ सालमा राष्ट्रिय सभा […]

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ३६ करोड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ३६ करोड.

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा […]