Sajhamanch Archive

विद्रोहीसँग सरकारी सेनाको भडप, २० सैनिकसहित ४२ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on विद्रोहीसँग सरकारी सेनाको भडप, २० सैनिकसहित ४२ को मृत्यु.

अफगानिस्तान। अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए […]

कार्डिफ सिटीका स्ट्राइकर चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटियो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on कार्डिफ सिटीका स्ट्राइकर चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटियो.

एजेन्सी । इंग्लिस क्लब कार्डिफ सिटीका स्ट्राइकर चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ । फ्रेन्च क्लब नान्टेसबाट इंग्लिस क्लब कार्डिफ सिटीमा अनुबन्धित भएर जाँदै गर्दा हराएका इमिलियानो साला चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ । गत जनवरी २१ मा आफ्नो पूर्वक्लबबाट बिदा लिएर इंग्ल्यान्ड हिडेका इमिलियानो साला चढेको प्लेन भग्नावशेष भेटिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । […]

अमेरिकाको चिसोले रेकर्ड तोड्यो, अहिलेसम्म ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाको चिसोले रेकर्ड तोड्यो, अहिलेसम्म ८ जनाको मृत्यु.

अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ । युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी कलेज भवन बाहिर मृत भेटिएका छन् । १८ वर्षे गेराल्ड ब्लेजलाई बुधबार अचेत अवस्थामा भेटिएको थियो । उनलाई अस्पतालले पछि मृत घोषित गर्यो । […]

अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध.

काठमाडौं । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताए । तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र […]

वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु.

काठमाडौं । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ । आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । भारी वर्षा भइरहेका बेला एक्कासी पहिरो खसेको अधिकारीहरुले जनाएका छन् । होटलमा अन्य एक […]

एक बन्दुकधारीद्वारा गोली प्रहार गरी पाँच जनाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on एक बन्दुकधारीद्वारा गोली प्रहार गरी पाँच जनाको हत्या.

काठमाडौं । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली प्रहार गरेर पाँच जनाको हत्या गरेका छन् । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँच जनाको मृत्यु भएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षीय डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि थेरिओट भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । […]

जब राष्ट्रपति सपथ ग्रहण समारोहमै ढले

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on जब राष्ट्रपति सपथ ग्रहण समारोहमै ढले.

किन्शास। लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न लागेकालेकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो । […]

भेनेजुयलाका विपक्षी नेताले आफैंलाई गरे कार्यकारी राष्ट्रपति घोषणा, अमेरिकाको समर्थन

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भेनेजुयलाका विपक्षी नेताले आफैंलाई गरे कार्यकारी राष्ट्रपति घोषणा, अमेरिकाको समर्थन.

काठमाडौं । भेनेजुयलाका विपक्षी नेतालाई अमेरिकाले समर्थन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । भेनेजुयलाका हजारौं नागरिक हालका राष्ट्रपति निकोलस माधुरोविरुद्ध सडकमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व विपक्षी नेता खुआन गोइदोले गरेका छन् । उनले बुधबार कराकासमा आफैंलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका थिए । अमेरिकी […]

तेस्रोलिंगी समुदायका ब्यक्तिहरुलाई सेनामा प्रवेश रोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on तेस्रोलिंगी समुदायका ब्यक्तिहरुलाई सेनामा प्रवेश रोक.

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिंगीहरुलाई सेनामा काम गर्न रोक्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गरेको हो । ९ जना न्यायाधीशमध्ये ५ जनाले तेस्रो लिंगीलाई सेनामा भर्ना गर्न नदिने राष्ट्रपति ट्रम्पको योजनाको पक्षमा मत दिएका छन् । तर, […]

तान्जानियाको पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on तान्जानियाको पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु.

काठमाडौं । तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो । आगो लागेपछि जहाजमा सवार मानिसहरु समुद्रमा हाम फालेका थिए । रुसी उद्धारकर्ताहरुको टोलीले १४ जनालाई उद्धार गरिसकेका छन् । उद्धारको काम जारी छ । उद्धारकर्ताहरुको टोली आगो लागेको पानी जहाजसम्म पुग्ने […]