भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । भद्रपुर १० को कलबलगुरी प्रशिक्षण केन्द्रमा २८ बेडको आइसेलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष सोही केन्द्रमा नगरपालिकाले देशकै नमूनायोग्य क्वारेन्टिन सञ्चालन गरेको थियो । आइसोलेशन केन्द्रको एक संक्षिप्त […]
काठमाडौं । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रियरुपमा योगदान पुर्याउनु हुने पाँचजना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भद्रपुर सरोकार समाज काठमाडौंले राजधानीमा आयोजित एक समारोहका बीच अभिनन्दन गरेको हो । समाजले अग्रज पत्रकार, अन्वेषक, प्रजातन्त्र सेनानी सोहनलाल (एसएल शर्मा), राजनीतिज्ञ, […]
भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बालमैत्री क्रियाकलापले तीब्रता पाएका छन् । यसै आर्थिक वर्षभित्र भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्दै नगरभित्र बालमैत्री क्रियाकलापलाई तीब्रता दिइएको नगरप्रमुख जीवनकुमार श्रेष्ठको भनाई छ । बालमैत्री नगरपालिका घोषणा गर्नुअघि बालबालिका सम्बन्धी २७ वटा सूचक पूरा गर्नुपर्ने कार्यतालिका अनुसार बालबालिका लक्षित क्रियाकलाप गरिँदै आएको हो […]
भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडाबासीको आर्थिक सहयोगमा वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । ७ नं वडालगायत नगरकै सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई दुई लाख २५ हजार मूल्य बराबरको यामाहा एफ–जेड मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्ला समयमा चोरी–लुटपाटका घटना बढ्दै […]
भद्रपुर । प्रदेश एक अन्तर्गतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृत तृतीय श्रेणीका कर्मचारीहरुका लागि सेवाकालीन प्रशिक्षण सुरु भएको छ । ३० दिनसम्म विभिन्न विषयमा छलफल हुने प्रशिक्षण आइतबार शुरु भएको हो । ग्रामीण विकास प्रशिक्षण केन्द्र, कलवलगुरी झापाको आयोजनामा राजधानी बाहिर पहिलोपटक अधिकृत कर्मचारीहरुका लागि यस्तो खालको प्रशिक्षण कार्यक्रम आयोजना भएको हो । […]