Sajhamanch Archive

तस्करीमा संलग्नलाई कचनकवलका वडाध्यक्षको संरक्षण, भन्छन्ः यी कामदारमात्र हुन्, परिवार पाल्न सामान ओसारे

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on तस्करीमा संलग्नलाई कचनकवलका वडाध्यक्षको संरक्षण, भन्छन्ः यी कामदारमात्र हुन्, परिवार पाल्न सामान ओसारे.

भद्रपुर । सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई स्थानीयबासीले ३ पोका कपडासहित ३ जना व्यक्ति जिम्मा लगाए पनि संलग्नलाई बिना कारबाही छोडिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं. ५ स्थित पाठामारीबाट गएराति भारतबाट अवैध कपडासहित स्थानीयले पक्राउ गरी तस्करीमा संलग्न व्यक्तिहरु सशस्त्र प्रहरीलाई बुझाएका थिए । प्रहरीले सामानजति राखेर तस्करीमा संलग्न मानिसलाई बिना कारबाही […]

अभिभावकको विवादमा बालबालिका प्रयोग नगर्न स्थानीय बासीको आग्रह

Published: (Updated: ) in विविधा, समाज, by . Leave a Comment on अभिभावकको विवादमा बालबालिका प्रयोग नगर्न स्थानीय बासीको आग्रह.

भद्रपुर । पारिवारिक विवादमा बालबालिका प्रयोग गर्ने प्रवृत्तिले समाजमा विकृती ल्याउने भन्दै भद्रपुर १ सयपत्री टोल सिङ्ग्रीमारीका स्थानीयले आक्रोस पोखेका छन् । परिवारभित्रका आफन्त बीच आर्थिक लेनदेन विवाद बढ्दै जाँदा ९ वर्षीया बालिका करणीको आरोपमा १६ वर्षीय बालक फसाउँन खोज्दा समाज विकृत भएको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् । स्थानीयले अभिभावक बीच बिमती भए आपसै […]

सीमा नाका बन्द भएको महिनौ वितेपनि रोकिएन सामान तस्करी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on सीमा नाका बन्द भएको महिनौ वितेपनि रोकिएन सामान तस्करी.

भद्रपुर । नेपाल भारत सीमा बन्द गरिएको भण्डै पाँच महिना हुन लाग्दा सिमावर्ती क्षेत्रबाट अबैध तरिकाले हुने वारपार व्यपार भने दिनानुदिन बढ्दै गइरहेको छ । पूर्वी झापादेखि पश्चिमी झापासम्म नेपाल भारत सीमा क्षेत्रमा कोरोना संक्रमण जोखिम रोक्न बाक्लै सुरक्षाकर्मी परिचालन गरिएका भए पनि रात्रीकालीन व्यापार रोकिन नसकेको अवस्था छ । नेपाली बजारमा पर्याप्त भारतीय उत्पादन […]

सहकारीले ऋण तिर्न तागेता गर्दा भद्रपुरमा पक्षघातका बिरामी मानसिक तनावमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, by . Leave a Comment on सहकारीले ऋण तिर्न तागेता गर्दा भद्रपुरमा पक्षघातका बिरामी मानसिक तनावमा.

भद्रपुर । उच्च रक्तचापका कारण अपाङ्ग भई ओछ्यान परेका झापाको भद्रपुर नगरपालिका वडा नं. ९ घोडामाराका ४६ वर्षीय दीपक राजवंशी रोगले भन्दा ऋणको बोझले अत्यत्न पिरोलिएका छन् । गत २०७६ माघ २२ गते बिहान ११ बजेतिर खाना खाँदैगर्दा उच्च रक्तचापका कारण लडेर उनलाई ‘प्यारालाइसिस’ (पक्षघात) भएको छ । त्यस पछि उनी आफ्नो घरको वरण्डाभन्दा बाहिर […]

मूर्तिबाटै गुजारा चलाउँदै भद्रपुरका राजवंशी

Published: in विविधा, समाज, by . Leave a Comment on मूर्तिबाटै गुजारा चलाउँदै भद्रपुरका राजवंशी.

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २० वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका […]

कमलधापको खाल्डोले निल्यो थामी र तामाङ परिवारको सपना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलधापको खाल्डोले निल्यो थामी र तामाङ परिवारको सपना.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. २ स्थित धार्मिकस्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नति हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक व्यहोर्नु परेको छ । विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर तीनजना बालकको एकै चिहान भएको छ । हिजोको उक्त घटनाले स्थानीय शोकमा डुबेका […]

भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड निर्धारण, प्रज्ञा एकाडमी अनुगमन

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड निर्धारण, प्रज्ञा एकाडमी अनुगमन.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारी भएको छ । नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि तोकिएको मापदण्ड बारे अनुगमन सुरू गरेको हो । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्यसहितको प्राविधिक टोलीले तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक […]

कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किन थाल्यो सडक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किन थाल्यो सडक.

भद्रपुर । सघन सहरी विकास योजना अन्र्तगत निर्माण सम्पन्न भएको भद्रपुर नगरपालिका ९ र १० जोड्ने चन्द्रगढी सामुदायिक वनको कार्यालय पश्चिम चन्द्रगढ देउनिया सडकको कालोपत्रे भत्कन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना पूरा नहुँदै कमसल निर्माण सामग्री प्रयोग गरी रातारात तयार पारेको कालोपत्रे चिरिएर भत्कन थालेको हो । गजुरमुखी कन्ट्रक्सनले निर्माण गरेको सो […]

तलब र न्याय माग्दै बिर्तामोडमा इस्टुको प्रदर्शन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on तलब र न्याय माग्दै बिर्तामोडमा इस्टुको प्रदर्शन.

बिर्तामोड । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि झापाको बिर्तामोडमा सरकार तथा निजी विद्यालय सञ्चालकको बेवास्ता बिरूद्ध प्रदर्शन गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलबसमेत पाउन नसकेको, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेकोप्रति आक्रोस पोख्दै इस्टुले सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको […]

सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ

Published: (Updated: ) in समाज, सहकारी, by . Leave a Comment on सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ.

भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर नगरपालिका १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ । “धान उत्पादनमा लागौं खाद्यन्नमा आत्मनिर्भर बनौं” नाराका साथ भद्रपुर नगरपालिका वडा नं. १० विपि टोल स्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँइ गरिएको हो । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् […]