Sajhamanch Archive

कोइला आयातमा कमी भएसँगै राजस्व असुलीमा गिरावट

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कोइला आयातमा कमी भएसँगै राजस्व असुलीमा गिरावट.

मेचीनगर । भारतको मेघालयको उच्च अदालतले गरेको निर्णयको असर नेपालको अर्थतन्त्रमा परेको छ । अदालतले कोइला उत्खननमा रोक लगाएपछि त्यहाँबाट गरिने कोइलाको आयातमा कमी भएपछि अर्थतन्त्रमा असर परेको हो । पूर्वीनाकाबाट कोइलाको आयात कमि भएपछि १ नम्बर प्रदेशकै राजस्व संकलनमा अग्रणी मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा भारी गिरावट आएको छ । पेट्रोलियम पदार्थ र […]

मेचीनगरमा एकसय बढी योजना सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on मेचीनगरमा एकसय बढी योजना सम्पन्न.

मेचीनगर । दोस्रो नगरसभाबाट स्वीकृत बजेट निती तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को हाल सम्म मेचीनगर नगरपालिका कार्यालयबाट विभिन्न प्रकारका ३१ वटा योजना सम्पन्न भईसकेको छ । योजना कार्यान्वयनका क्रममा कुल योजना संख्या वडा स्तरीय २ सय ५ र नगर स्तरीय १ सय ७० गरेर जम्मा ३ सय ७५ वटा योजनाहरु मध्ये हालसम्म […]

मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा शुरुः सातवटा विधेयक प्रस्तुत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा शुरुः सातवटा विधेयक प्रस्तुत.

मेचीनगर । मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा आइतबारबाट शुरु भएको छ । १ नम्बर प्रदेशको गाउँ र नगरसभा सञ्चालनको लागि व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ३ को उपदफा १ अनुसार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले तेस्रो नगरसभाको कार्यसूचीसहित सूचना आव्हान गरेका थिए । मेचीनगर वडा नम्बर १४ को सभाहलमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली […]

मेचीनगरलाई हात्तीपाइले रोग मुक्त नगर बनाउने योजना

Published: (Updated: ) in स्वास्थ्य, by . Leave a Comment on मेचीनगरलाई हात्तीपाइले रोग मुक्त नगर बनाउने योजना.

मेचीनगर । मेचीनगर नगरपालिकालाई हात्तीपाइले (फिइलेरिया) रोग मुक्त नगर निर्माणका हात्तीपाइले रोग निवारण अभियान २०७५ लाई सफल पार्न नगरपालिकाको स्वास्थ्य शाखाले सवै नगरवासीमा अनुरोध गरेको छ । क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फिइलेरिया) सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट […]

सामुदायिक वनमा नगरपालिकाको निगरानी

Published: in समाज, by . Leave a Comment on सामुदायिक वनमा नगरपालिकाको निगरानी.

मेचीनगर । मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनले स्थानीय सरकारका हैसियतले नगरपालिकासँग बजेट विनियोजनका लागि आग्रह गरेका छन् । मेचीनगर नगरपालिकाले आइतबार नगरपालिकाको सभाकक्षमा आयोजना गरेको सामुदायिक वनका पदाधिकारीहरुसँगको अन्तरक्रियामा सहभागी सामुदायिक वनका प्रमुख प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले वनबाट प्राप्त आम्दानीको केही रकम प्रदेशदेखि स्थानीय सरकारलाई समेत कर बुझाउनुपर्ने भएकाले सरकारले समेत वनको […]

अबैध रुपमा आयात हुने मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अबैध रुपमा आयात हुने मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने तयारी.

काँकरभिट्टा ।मेचीनगर नगरपालिकाले नगरभित्र रहेका मासु पसललाई व्यवस्थित गदैं अबैधरुपमा आयात हुने मासु तथा मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने भएको छ । शुक्रबार नगरपालिकाको सभाकक्षमा गुणस्तरहीन माछा मासुजन्य खाद्य वस्तुको आयात एवम् अवैध रुपमा हुने ओसार पसारलाई न्यूनिकरण नियन्त्रण गर्ने उद्देश्यले आयोजित सरोकारवाहरुसँगको अन्तरक्रियामा नगरपालिका प्रमुख विमल आचार्यले स्थानीय सरकराले यसलाई व्यवस्थित गर्न […]

झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास.

इलाम । झापाका स्थानीय तहहरुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आ—आफ्नो स्थानीय तहको प्रगति प्रस्तुत गर्ने क्रममा अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पाइएको हो । पदभार ग्रहण गरेपछि आफ्नो पालिकामा गरेका विकास निर्माण लगायत कामका बारेमा आफूलाई मन परेका […]

झापाली युवाले इलाममा खोले ४ करोडकोे लगानीमा पर्यटकमैत्री रिसोट

Published: in समाज, by . Leave a Comment on झापाली युवाले इलाममा खोले ४ करोडकोे लगानीमा पर्यटकमैत्री रिसोट.

इलाम । झापा मेचीनगरका एक युवा व्यवसायीले मेची राजमार्गको इलामको रोङ्ग गाउँपालिका —३ कुटीडाडामा ४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन् । स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयको ५६ रोपनी जग्गा ५० वर्षका लागि ‘लिज’मा लिएर बाह्य एवम् आन्तरिक पर्यटकलाई लक्षित गदैं मेचीनगर—७ आयावारीका युवा व्यवसायी बीरबहादुर कट्वालले नयाँ वर्षको अवसर पारेर […]

काँकरभिट्टाबाट ५ करोडभन्दा बढीको बन्दाकोपी बर्सेनी भारत जान थाल्यो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाबाट ५ करोडभन्दा बढीको बन्दाकोपी बर्सेनी भारत जान थाल्यो.

मेचीनगर । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादित बन्दाकोपीले भारतीय बजारमा छाप छाड्न सफल भएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादित बन्दाकोपी काँकरभिट्टा नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । व्यावसायिकरुपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त रहेका कारण आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका […]

अम्लिसो कृषकलाई खुशीको खबरः हरेक वर्ष निकासी बढ्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on अम्लिसो कृषकलाई खुशीको खबरः हरेक वर्ष निकासी बढ्दै.

काँकरभिट्टा । पूर्वी पहाडी जिल्लाको मुख्यः नगदेबालीको रुपमा रहेको अम्लिसो कुचोको माग भारतमा निक्कै बढेको छ । पूर्वीनाका काँकरभिट्टा हुदै भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनी बढ्दो मात्रामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । नेपालमा उत्पादित अम्लिसो विशेषगरी भारतको पश्चिम बंगाल, गुजरात, मध्यप्रदेश, राजस्थान, पञ्जाव, हरियाणा, आन्ध्र प्रदेश, युपी, मध्यप्रदेश, माहाराष्ट्रलगायतका शहरमा खपत हुने […]