Sajhamanch Archive

झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण.

टाघनडुब्बा । झापा गाउँपालिकाले आजदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ । ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण शुरु गरेको हो । बुधवार झापा गाउँपालिकाले वडा नं १ देखि जग्गाको निस्सा […]

सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन.

झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत […]

प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै.

धनकुटा । कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् । मोरङ र झापामा पनि यसै हप्तादेखि डेंगी रोगबाट संक्रमण भएका बिरामी […]

बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुईवटा वडामा बाल क्लब गठन गरिएको छ । वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बालमैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो । वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारी वडा बाल क्लब गठन […]

दमकका २०० विपन्न परिवारलाई झुल वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका २०० विपन्न परिवारलाई झुल वितरण.

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ । दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौ मिनभवनको प्रायोजनमा १०० र नगर उपप्रमुख भट्टराईको तर्फबाट १०० झुल वितरण गरिएको हो […]

दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने.

दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]

दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी

Published: in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी.

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश कमिटीका […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा.

मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध विराटनगर उच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले आज उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च […]

हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन.

फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ […]

करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण.

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दरप्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका […]