Sajhamanch Archive

एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो । […]

सेन्ट जेभियर्समा जीवन विज्ञान कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सेन्ट जेभियर्समा जीवन विज्ञान कार्यक्रम.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय हिन्दू दर्शनमा आधारित रहेर जीवन जिउने कला सिकाइएको हो । जीवन विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नव प्रतिभा नाम दिएर सञ्चालित […]

भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान.

भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ […]

खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल.

दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको बोटबाट ४ महिना पछि धान फल्छ र धानबाट नै च्यूरा बनाइन्छ ।’ विद्यार्थीले व्यवहारिक शिक्षा कम पाएकाले आफ्नै अगाडि खेतमा […]

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च.

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]

बिर्तामोडमा एक मजदूरको करेन्ट लागेर मृत्यु

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडमा एक मजदूरको करेन्ट लागेर मृत्यु.

बिर्तामोड । सडक निर्माणको क्रममा करेन्ट लागेर झापा, बिर्तामोड- २ मा आज बिहान एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ सैनिकमोडका ४० बर्षीय धनबहादुर राजबंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई […]

सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण.

काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बिहीबार विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएकोप्रति खेद ब्यक्त गरेको हो । ‘संविधान र […]

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु.

झापा । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा व्यापार सहजीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको बिर्तामोडमा बिहीबारदेखि तालिम सञ्चालन भएको हो । झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बूको अध्यक्षतामा आयोजित […]

एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब.

भद्रपुर । भद्रपुरस्थित जगदम्बा टी प्रोसेसिङ प्रालिको बैंक खाताबाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ३०० रुपैयाँ गायब भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने स्लोगानसहित सञ्चालित नेपालकै ठूलो वित्तीय कारोबार हुने एनआईसी एसिया बैङ्कको चन्द्रगढी शाखाबाट उक्त रकम गायब भएको […]