Sajhamanch Archive

सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने

Published: in परदेश (प्रवास), मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किममा नेपाली संस्कृति र लोकबाजाहरुको संरक्षण गर्न सांस्कृतिक केन्द्र निर्माण हुने.

सिक्किम (भारत) । नेपालीहरुको पारम्परिक नौमति संस्कृतिको संरक्षण र सम्वर्धन गर्न सिक्किम सरकार जुटेको पाइएको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले ८ करोड़ २१ लाख रुपियाँको लागतमा नौमति सांस्कृतिक धरोहर केन्द्र निर्माण गर्ने भएको जनाइएको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले उक्त केन्द्रको लागि भवन निर्माणको विधिवत शिलान्यास गरेका छन् […]

नेपाल मुस्लिम संघ झापामा नयाँ नेतृत्व

Published: in राजनीति, समाज by . Leave a Comment on नेपाल मुस्लिम संघ झापामा नयाँ नेतृत्व.

झापा । नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नेपाली कांग्रेस झापाको कार्यालयमा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज शनिबार भएको अधिवेशनले सर्बसम्मत रुपमा नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिवम ट्फी अहमद शेख, सहसचिवमा जाहिर रहमान, कोषाध्यक्षमा जाहिर रहमान […]

न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on न्युटन्स एजुकेशनमा बाल क्लबको अधिवेशन.

बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिवेशन सम्पन्न गरिएको छ । बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिवेशनबाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । पुनःगठित क्लबको उपाध्यक्षमा युसन उप्रेती, सचिव सङ्कल्प उप्रेती, सहसचिव मौसम उप्रेती र कोषाध्यक्षमा कृषा न्यौपाने चयन भएका हुन् […]

खरेललाई रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार

Published: in लोकप्रिय, समाज by . Leave a Comment on खरेललाई रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार.

कनकाई । हेमकला-टिकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार तीर्थराज खरेललाई प्रदान गरिएको छ । रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा पत्रकार खरेललाई पुरस्कृत गएरेको हो । कनकाई खबर साप्ताहिक एवं कनकाई खबर डटकमका सम्पादक तथा प्रकाशक राम निरौलाको परिवारले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ र […]

‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on ‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् । सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन असार ४ गतेको मितिमा राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरप्रमुख बुढाथोकीले पत्रचार गरेका हुन् । लामो समयदेखि […]

केरा खेतीमा लागेका बस्नेतलाई सरकारले दियो १ लाख पुरस्कार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on केरा खेतीमा लागेका बस्नेतलाई सरकारले दियो १ लाख पुरस्कार.

कनकाई । झापा गाउँपालिका वडा नं. ३ का कृषक चन्द्रप्रसाद बस्नेत १ लाख रुपैयाँ राशीको पुरस्कारसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान समारोहमा कृषक बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हो । व्यवसायिक केराखेती मार्फत कृषि क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली […]

पाँचथरका बाढी पिडीतका नाममा सिम्रिक साकोसले दियो ५११०० रुपैयाँ

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on पाँचथरका बाढी पिडीतका नाममा सिम्रिक साकोसले दियो ५११०० रुपैयाँ.

फिदिम । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले पाँचथरका बाढी पिडीतहरुको राहतका लागि आधा लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । केही दिनअघि पाँचथर जिल्लाभर नै अविरल वर्षाका कारण आएको बाढीले सयौं घर परिवार विस्थापित भएका थिए । उक्त घटनामा केही मानिसहरु अझै बेपत्ता छन् । बाढी पहिरोबाट […]

यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on यात्रुबसको ठक्करले केर्खामा विद्यालयबाट घर फर्कंदै गरेका बालकको मृत्यु.

कमल । झापाको कमल गाउँपालिकास्थित केर्खा क्याम्पा सडक खण्ड अन्तर्गत केराधापमा आज दिउँसो ४ बजे भएको सवारी दुर्घटनामा परेर ७ वर्षीय एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदे गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले ठक्कर दिएपछि घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त.

काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भए पनि सरकारले आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु दुखद रहेको बताएका हुन् […]

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी)को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, […]