Sajhamanch Archive

कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापति बनाइए, नेताहरु असन्तुष्ट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापति बनाइए, नेताहरु असन्तुष्ट.

काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठकको अर्को मिति तय भएको छ । आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने टुङ्गो लगाइएको हो । मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । तिहार, छठलगायतका चाडपर्वहरू परेकाले महासमिति बैठकको तयारी […]

प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई.

पोखरा । पोखरामा चलिरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । आज दिउँसो भएको फाइनल खेलको अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो । पोखराका […]

गुड मर्निङ नेपाल कात्तिक १९ गतेको बिहानी

Published: in लाइभ by . Leave a Comment on गुड मर्निङ नेपाल कात्तिक १९ गतेको बिहानी.

त्रिविका प्राध्यापकहरूको रजाईं ! तलब सरकारी, निजीमा काम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on त्रिविका प्राध्यापकहरूको रजाईं ! तलब सरकारी, निजीमा काम.

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक, कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न रहेको राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले तथ्य औंल्याएको छ । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ । सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने […]

भद्रपुरमा छठ पूजा भब्य बनाउन समावेशी समिति गठन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भद्रपुरमा छठ पूजा भब्य बनाउन समावेशी समिति गठन.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको मेची नदीमा गरिने सार्वजनिक छठ पूजा समारोहलाई भव्य बनाउन नगरबासी जुटेका छन् । यसवर्ष पनि छठ पूजा समारोह दर्शनीय र मनमोहक तुल्याउन मैथिल समाज झापा भद्रपुरको अगुवाइमा तयारी शुरु गरिएको समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । यसै विषयमा भद्रपुर नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, स्थानीय संघ–संस्था, क्लब, […]

प्रहरी–समुदाय साझेदारीको नमूनाः प्रहरीलाई नागरिकले दिए मोटरसाइकल

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on प्रहरी–समुदाय साझेदारीको नमूनाः प्रहरीलाई नागरिकले दिए मोटरसाइकल.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा स्थापित अस्थायी प्रहरी बिटलाई वडाबासीको आर्थिक सहयोगमा वडा कार्यालयले मोटरसाइकल प्रदान गरेको छ । ७ नं वडालगायत नगरकै सुरक्षामा सहजता प्रदान गर्न वडा कार्यालयले प्रहरीलाई दुई लाख २५ हजार मूल्य बराबरको यामाहा एफ–जेड मोटरसाइकल उपलब्ध गराएको हो । भद्रपुर नगरक्षेत्रमा पछिल्ला समयमा चोरी–लुटपाटका घटना बढ्दै […]

भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भद्रपुरमा सडक स्तरीकरण गर्दा खानेपानीका पाइप क्षतविक्षत !.

भद्रपुर । सघन सहरी विकास अन्तर्गत भद्रपुरमा सडक स्तरीकरणको काम गर्ने ठेकेदार कम्पनीको लापरवाहीका कारण खानेपानी प्रदुषण बढेको छ । सडक विस्तार गर्दा पानी वितरणका लागि बिछ्याइएका पाइपलाइन माथि जेसिभीले जथाभावी खन्दा पाइप फुटेर पानी प्रदुषण हुनेक्रम बढेको हो । पानी प्रदुषित भएपछि उपभोक्तामा छाला चिलाउने, झाडा पखाला, निमोनिया, श्वाश्वास प्रश्वास सम्बन्धी समस्या, जण्डिसलगायत रोगले […]

तुलाधरको निधनपछि पद्मरत्न बारे शीर्षनेताको प्रतिक्रिया

Published: in राजनीति, समाज by . Leave a Comment on तुलाधरको निधनपछि पद्मरत्न बारे शीर्षनेताको प्रतिक्रिया.

काठमाडौं । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनलगत्तै विभिन्न दलका शीर्ष नेताहरुले श्रद्धाञ्जलीले व्यक्त गरेका छन् । आइतबार मध्यान्ह तुलाधरको निधनको समाचार आएलगत्तै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले बेग्लाबेग्लै सन्देशसहित श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले टि्वट गरेर तुलाधरलाई ‘बरिष्ठ वामपन्थी नेता’ भनेका छन् । वाम आन्दोलनमा तुलाधरले पुर्‍याएको योगदान सदा स्मरणीय रहने प्रधानमन्त्रीको भनाइ […]

बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको ३ नम्बर वडा कार्यालय आजदेखि अलग्गै भवनमा सरेको छ । बिर्तामोड नगरपालिका कार्यालयदेखि उत्तरपट्टि रहेको जनकल्याण युवा पुस्तकालयको तीन कोठे भवनलाई मर्मत सम्हार गरी वडा कार्यालय बनाइएको हो । नव संरचित वडा कार्यालय भवनको राष्ट्रियसभाका सदस्य हरिचरण शिवाकोटीले आज एक समारोहका बीच उद्घाटन गरिदिएका हुन् । वडा कार्यालयको उद्घाटन गर्दै सांसद […]

एसएलआर ट्रेड एण्ड टेक्नोले ल्यायो बिर्तामोडमा नयाँ मोटरसाइकल

Published: in अर्थतन्त्र by . Leave a Comment on एसएलआर ट्रेड एण्ड टेक्नोले ल्यायो बिर्तामोडमा नयाँ मोटरसाइकल.

बिर्तामोड । नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले पूर्वमा मोटर जेड कम्पनीको मोटरसाइकल लञ्च गरेको छ । झापाको बिर्तामोड ५ स्थित महानन्द चोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टुस्टार ट्रेडले मोटर जेड मोटरसाइकल सार्वजनिक गरेको हो । ट्रेडले पत्रकार भेटघाटका क्रममा सो मोटरसाइकल लञ्च गरेको हो । १५० देखि २५० सीसीसम्मको इञ्जिन क्षमता […]