हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ र अशुभ संकेतका रुपमा हेरिन्छ । यस विषयमा केही अध्ययन पनि भएका छन्। अध्ययनबाट २३ वटा बुँदामा शुभ र अशुभ संकेत पत्ता लागेका छन् । तपाईको जीवनमा पनि भविष्यको घटनालाई संकेत गर्ने कडीका रुपमा आँखा फर्फराउने कुरालाई लिइएको होला । कुन आँखा फर्फराउँदा के हुन्छ थप जानकारी लिनुस्ः यदि महिलाको […]
मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका […]
बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले आगामी असोज ७ गतेदेखि १९ गतेसम्म निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले त्यहाँ कार्यरत कन्सल्टेन्ट चिकित्सकहरुबाट सर्वसाधारणले सहजै र निशुल्क परामर्श पाउन् तथा कम्तीमा ६ महिनामा एकपटक स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरुन् भन्ने उद्देश्यले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागिएको कार्यकारी निर्देशक दुर्गा […]
कञ्चनपुर — निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरू बताउँछन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् । ‘हामी सानैदेखि […]
आदरणीय नगरबासी जनसमुदायहरु, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) द्वारा मिति २०७५/०६/०२ मा यस कार्यालयमा पेश गरेको ज्ञापन पत्र सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको छ । सो ज्ञापन पत्रमा देखाइएका अस्पष्टताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक देखिएको छ । मेचीनगर नगरपालिका साविक वडा नं. ०१ हाल वडा नं. १० को साविक कि. नं. ६२ क्षेत्रफल ४०,१५७.८२ […]
बिर्तामोड । नगरका संघ संस्थाहरुको सहभागितामा बिर्तामोड नगरपालिकाले संविधान दिवस समारोहको आयोजना गरेको छ । बिर्तामोडस्थित मुक्ति चोकबाट सुरु भएको एक र्यालीले नगर परिक्रमा गरेपछि आयोजित कोणसभा नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा भएको थियो । उप प्रमुख पवित्रा महतारा प्रसाईले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सदस्य जसमाया गजमेर, पूर्व सांसदहरु मनकुमार गौतम, नरेश […]
भद्रपुर । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारासहित वन ऐन २०४९ को संशोधन अन्र्तगत दोस्रो वन ऐन संशोधन २०७३ बारे दुई दिने अन्तरक्रिया सम्पन्न गरिएको छ । चन्द्रगढी वन समितिको आयोजनामा भद्रपुर ९ स्थित समितिको कार्यालयमा सहायक वन अधिकृत राजन राई र सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौडेलले वन संरक्षण, सामुदायिक […]
भद्रपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन विपरित झापाका अधिकांश सरकारी कार्यालयले करार सेवाका तल्ला दर्जाका कर्मचारी हटाउन थालेका छन् । मन्त्रालयले असोज मसान्तसम्म कुनै पनि दर्जामा करार सेवामा कार्यरत कर्मचारी नहटाउन परिपत्र गरेको भए पनि अधिकांस कार्यालयका प्रमुखले रकम अभाव भएको बहना बनाएर तल्ला दर्जाका कर्मचारी हटाउन थालेका हुन् । अस्थायी नियुक्ति […]
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले संविधान दिवस २०७५ को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । रोटरी क्लबका एरिया प्रेसिडेन्ट उमेश डालमियाको प्रमुख आतिथ्य तथा भद्रपुरका अध्यक्ष भेषराज ढकालको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ४ जना महिलासहित ३९ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भद्रपुरस्थित […]
काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)–ले आज विभिन्न कार्यालयका कर्मचारीहरुलाई सफट्वेयर अपरेटिङ सम्बन्धी तालिम प्रदान गरेको छ । काँकरभिट्टास्थित संस्थाको प्रधान कार्यालयमा बुधबार सम्पन्न तालिममा संस्था अन्तर्गत बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा र ईंटाभट्टा, खुट्टीडाँगी, बौद्धमोड सम्पर्क कार्यालयका कर्मचारीहरुलाई तालिम दिइएको हो । तालिममा संस्था अन्तरगतका लेखा तथा खोज अनुसन्धान तथा विकास विभाग प्रमुख नवीन […]