Sajhamanch Archive

बिर्तामोडका परिषद् सदस्यहरु आन्दोलित !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका परिषद् सदस्यहरु आन्दोलित !.

बिर्तामोड । आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै बिर्तामोड नगरपालिकाको नगरपरिषद बहिष्कार गरेका सदस्यहरुले बजेट कार्यान्वयन गर्न नदिने चेतावनी दिएका छन् । बजेट, नीति तथा कार्यक्रम अपारदर्शी, असन्तुलित, अवैज्ञानिक र समानुपातिक नभएको भन्दै डेढ दर्जन बढी परिषद सदस्यहरुले दोस्रो नगरपरिषद बहिष्कार गरेका थिए । तिनै परिषद सदस्यहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन […]

बेलबारीमा सवारी दूर्घटनाः दुईजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बेलबारीमा सवारी दूर्घटनाः दुईजनाको मृत्यु.

बेलबारी । पूर्वपश्चिम राजमार्गको बेलबारी खण्डमा आज बिहान बस र मोटरपाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्बरको बसले पश्चिम जाँदै गरेको को २७ प ४१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुनसरी जिल्ला इटहरी नगरपालिका […]

बालबालिकाका लागि विद्यालयलाई सामग्री

Published: in स्थानीय तह by . Leave a Comment on बालबालिकाका लागि विद्यालयलाई सामग्री.

भद्रपुर । स्थानीय एक विद्यालयलाई साना बालबालिकाका लागि शैक्षिक तथा खेल सामग्री प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले भद्रपुर वडा नं १० स्थित कृष्ण प्राविको बाल विकास कक्षाका लागि पिङ, चिप्लेटीलगायतका खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षतामा बुधबार आयोजित एक संक्षिप्त समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख […]

‘सप झापा’ सञ्चालनमा

Published: in अर्थतन्त्र by . Leave a Comment on ‘सप झापा’ सञ्चालनमा.

बिर्तामोड । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा ल्याइएको छ । बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’ एम्बुलेन्स, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी […]

बिर्तामोडमा ‘पिज्जा घर’

Published: in अर्थतन्त्र by . Leave a Comment on बिर्तामोडमा ‘पिज्जा घर’.

बिर्तामोड । पिज्जा पारखीहरुले अब बिर्तामोडमा नै अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा खान पाउने भएका छन् । बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा ल्याइएपछि स्वादिष्ट, स्वास्थ्यवद्र्धक पिज्जा खान अन्यत्र जानै नपर्ने सञ्चालक याम ढुंगानाले बताए । ‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो […]

झापाका ७ स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा, सतर्क रहन रेडक्रसको आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on झापाका ७ स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा, सतर्क रहन रेडक्रसको आग्रह.

झापा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले झापाका विभिन्न ठाउँमा खेत बगाएको छ । पहिरोले एउटा घरका परिवार विस्थापित भएका छन् । साविक खुदनाबारी ६ हाल अर्जुनधारा वडा नम्बर ३ देवीथान चौकस्थित कवैपानीमा पहिरो आउँदा एउटा परिवार विस्थापित भएको हो । सोमबार दिउँसोे अविरल वर्षाका कारण पहिरो आउँदा उक्त वडाका गणेश खनालको टिनको घर […]

बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार

Published: in स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलले गाउँ परिषद् बैठकमा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँ परिषद् बैठकमा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत […]

शिखरमा सुगारिकाः महिला सशक्तिकरणको भरपर्दो माध्यम सहकारी

Published: (Updated: ) in सहकारी by . Leave a Comment on शिखरमा सुगारिकाः महिला सशक्तिकरणको भरपर्दो माध्यम सहकारी.

बिर्तामोड । मिस नेपाल २००५ को ताज पहिरिएकी सुगारिका केसीलाई बोलाएर यहाँको शिखर साकोसले आफ्ना कर्मचारी र सदस्यलाई तालिम दिएको छ । ‘बिजनेश प्रोमोशन एण्ड पर्सनालिटी डेभलपमेन्ट’ विषयमा सोमबार साँझ आयोजित कार्यक्रममा सुगारिकाले भनिन्, ‘सहकारी अभियानमा नेपालका ५० देखि ६० प्रतिशतसम्म महिला संलग्न छन् । महिला सशक्तिकरणको सबैभन्दा भरपर्दो माध्यम सहकारी बनेको छ ।’ व्यक्तित्व […]

सुनसरीले पायो खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र

Published: in समाज by . Leave a Comment on सुनसरीले पायो खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र.

सुनसरी । सुनसरी जिल्लालाई मंगलबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो नेपालको ५६औं खुल्ला दिसामुक्त जिल्ला हो । एक लाख ४४ हजार ३४७ घरधुरी रहेको सुनसरीमा वि.सं. २०५९ देखि नै खुल्ला दिसामुक्त अभियानको थालनी गरिएको थियो । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्दै […]

मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by . Leave a Comment on मेचीनगर होटल ब्यवसायमा सफल बन्दै, स्टार होटल नै ४ वटा.

मेचीनगर । नेपालको पूर्वी अन्तर्राष्ट्रिय सीमानाकाबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गरेर मेचीनगरमा स्तरीय होटल थपिँदै गएका छन् । मेचीनगरका काँकरभिट्टा, ईंटाभट्टा, धुलाबारी, चारआली, बाहुनडाँगी लगायतका ठाउँमा सुविधा सम्पन्न होटलहरु खुल्नेक्रम बढिरहेको छ भने सञ्चालनमा रहेका होटलको कारोबार बढ्न थालेको पाइएको हो । काँकरभिट्टा नाकाबाट ४७ देशका पर्यटकहरु नेपाल भित्रिने गरेको अध्यागमन कार्यालयको तथ्याङ्क […]