Sajhamanch Archive

सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सोमपालले लिए एेतिहासिक एक दिवसीय क्रिकेटकाे पहिलाे विकेट.

नेपाल र नेदरल्याण्डसबीच भइरहेको एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा सोमपाल कामीले पहिलो ऐतिहासिक विकेट लिएका छन् । कामीले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डसका डीजे टर बाराकलाई बोल्ड गरेका हुन् । यति बेला नेदरल्याण्डस ४.३ ओभरको समाप्तिमा एक विकेट गुमाएर २७ रन बनाउँदै खेलिरहेको छ । –  उज्यालो 

नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार

Published: in समाज by . Leave a Comment on नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार.

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त […]

१२ कक्षाको नतिजा बिहीबार सार्वजनिक गरिने

Published: (Updated: ) in विविधा by . Leave a Comment on १२ कक्षाको नतिजा बिहीबार सार्वजनिक गरिने.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । […]

प्रधानन्यायाधीश प्रकरण : जोशी फेल भए प्रधानमन्त्रीको नैतिक जिम्मेवारी के ?

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रधानन्यायाधीश प्रकरण : जोशी फेल भए प्रधानमन्त्रीको नैतिक जिम्मेवारी के ?.

काठमाडौँ । काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्ने गरी मङ्गलबार एउटा अर्थपूर्ण अभिव्यक्ति दिए । सरकार विरोधी र्यालीमा सहभागी हुन गृहजिल्ला तनहुँ गएका नेता पौडेलले प्रधानन्यायधीशको संसदीय सुनुवाई फेल भए प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही हुनुपर्ने बताएका थिए । नेता पौडेलले सत्तापक्षले जोशीका बारेमा प्रमाणपत्रको विषय उठाएको भन्दै अयोग्यलाई सिफारिस गर्ने संवैधानिक […]

 एकदिवसीय क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै

Published: in खेलकुद by . Leave a Comment on  एकदिवसीय क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै.

काठमाडाैं नेपालले बुधबार नेदरल्यान्डसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ। नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो। गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्यान्डबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए। नेपालका लागि यो खेल इतिहास पनि हो।  नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ। […]

असोजबाट पुँजीबजार पूर्णस्वचालित कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on असोजबाट पुँजीबजार पूर्णस्वचालित कारोबार.

काठमाडौं  । आगामी असोजबाट पुँजीबजारमा पूर्णस्वचालित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबारलाई सहज र सुविधायुक्त बनाउन यही साउन १ गतेदेखि नै ‘अनलाइन ट्रेडिङ’को परीक्षण सुरुआत गर्दै आएको छ । अहिले परीक्षणका लागि सुरु गरिरहेको अनलाइन व्यवस्थामा दुई हजारजनाभन्दा बढी लगानीकर्ताले अनलाइनको ‘लगइन’ लिइसकेको जनाइएको छ । ‘ब्रोकर’बाट लगइन लिइसकेपछि लगानीकर्ताले अनलाइनबाटै सेयरको […]

‘दुई तिहाइको दम्भ देखियो’ : प्रमुख प्रतिपक्षीको आरोप

Published: (Updated: ) in राजनीति by . Leave a Comment on ‘दुई तिहाइको दम्भ देखियो’ : प्रमुख प्रतिपक्षीको आरोप.

विराटनगर । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विराटनगरलगायत प्रदेशभरका जिल्लामा मंगलबार सरकारविरुद्ध प्रदर्शन र सभा गर्‍यो । सरकारले दुई तिहाइको दम्भ देखाएको, महँगी बढाएको, भ्रष्टाचार संंस्थागत गरेको लगायत विषयमा कांग्रेसले प्रदर्शन गरेको हो । नेता अशोक कोइरालाले कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेशसभा सदस्य केदार कार्कीले कम्युनिस्ट सरकारबाट जनताले राम्रा कामको अपेक्षा गर्न नसक्ने बताए । […]

बुधबार विदेशी मुद्राको मूल्य कमजोर

Published: in अर्थतन्त्र by . Leave a Comment on बुधबार विदेशी मुद्राको मूल्य कमजोर.

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रिदर ३० रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रिदर २९ रुपैयाँ […]

मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्र एकै ठाउँमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्र एकै ठाउँमा.

मानव तस्करीविरुद्ध साझेदारी गर्ने घोषणापछि सरकार, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधि । काठमाडौं – नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रले नेपालबाट हुने मानव तस्करी विरुद्ध मिलेर काम गर्ने घोषणा गरेका छन् । ३० जुलाई अथवा मानव तस्करी विरुद्ध विश्व दिवसको अवसर पारेर तस्करीविरुद्ध साझेदारी गरेर काम गर्ने घोषणा गरिएको हो । मानव तस्करी […]

चिकित्सा शिक्षा विधेयकका लागि संशोधन प्रस्ताव दर्ता

Published: (Updated: ) in समाज by . Leave a Comment on चिकित्सा शिक्षा विधेयकका लागि संशोधन प्रस्ताव दर्ता.

काठमाडौं ।  सरकार र डा गोविन्द केसीबीच भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ। नेकपाका तीन सांसद र कांग्रेसका दिलेन्द्रप्रसाद बडु, गगन थापाले उक्त विधेयकमाथि मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन दर्ता गरेका हुन्। प्रस्तावमा जम्मा आठवटा संशोधन परेका छन्। गत बिहीबार राति सरकारी पक्ष र डा केसीबीच भएको सहमतिअनुसार विधेयक संशोधनका लागि नेकपाका संसद […]