Sajhamanch Archive

पाकिस्तान चुनाव पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तान चुनाव पूर्व क्रिकेटर इमरान खानको पार्टी सबैभन्दा अगाडि.

पाकिस्तानमा भएको चुनावमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले सबैभन्दा बढी मत पाएको छ । मतदानको १० घण्टा पछि बिहान आएको नतिजा अनुसार खानको पार्टीले सबैभन्दा बढी मत पाएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्मको नतिजा अनुसार दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ । शरीफले जारी मतगणनामा देखिएको […]

नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन

Published: in समाज by . Leave a Comment on नेपाली भूभाग डुबाउने भारतका १९ संरचना सरकार सधैं मैन.

काठमाडौं । जमिन जलमग्न हुँदा धानको बेर्ना डुबेका छन् । खेत समेत नदेखिने गरी पानीले ढाकेको छ । धानका बेर्ना कुहिएर पानीमाथि तैरिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका ५ भगवानपुरका सागिर साहलाई महलीसागर बाँधले हरेक वर्ष यसैगरी दुःख दिन्छ । खेतमा बाढी पसेर उब्जाउ नै हुन दिदैन । यशोधरा गाउँपालिका ६ रंगपुरकी सारजहाँ खातुनलाई पनि […]

जथाभावी शिक्षण संस्था खुल्दा प्रमाणपत्रले पीडा दिन्छ : प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जथाभावी शिक्षण संस्था खुल्दा प्रमाणपत्रले पीडा दिन्छ : प्रधानमन्त्री.

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई अगाडि बढाउने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकको बुधबार उद्घाटन गर्दै उनले जनशक्तिको आवश्यकता हेरेर शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बिषय भएको प्रधानमन्त्री ओलीको […]

 अचानक बदलियो काङ्ग्रेसको निशाना 

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on  अचानक बदलियो काङ्ग्रेसको निशाना .

काठमाडौं । साउन ७ पछि नेपाली काङ्ग्रेसको निशाना बदलिएको छ । यसअघि सरकारको नेतृत्वकर्ता तथा नेकपाका अध्यक्ष केपी ओलीप्रति लक्षित गरेर कडा प्रतिकृया जनाउने प्रमुख प्रतिपक्ष काङ्ग्रेसले साउन ७ पछि भने सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलक्षित आक्रोश पोख्न थालेको छ । नेकपाले साउन ७ गते काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले काङ्ग्रेसमाथि चर्को हमला गरेका […]

हुकिङ गरेर विद्युत चोर्ने १० पक्राउ

Published: in विविधा by . Leave a Comment on हुकिङ गरेर विद्युत चोर्ने १० पक्राउ.

विराटनगर । मोरङका विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १० जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ। प्रहरी र विद्युत प्राधिकरणको संयुक्त चुहावट नियन्त्रण टोलीले हुकिङ गरेर विद्युत चोरी गरिरहेको फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो। प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का सुरेन ऋषिदेव, लक्ष्मी ऋषिदेव, निघु ऋषिदेव, […]

फिफा वर्ष अवार्डका लागि १० उत्कृष्ट खेलाडीको नामावली

Published: in खेलकुद by . Leave a Comment on फिफा वर्ष अवार्डका लागि १० उत्कृष्ट खेलाडीको नामावली.

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१८ का लागि फुटबलको उत्कृष्ट वर्ष खेलाडी र उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्डका लागि उत्कृष्ट १० को मनोनयन सूची सार्वजनिक गरेको छ । मंगलबार फिफाले पुरुष खेलाडी, महिला खेलाडी र पुरुष टोलीका प्रशिक्षक र महिला टोलीका प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । सेप्टेम्बर २४ मा लण्डनमा एक समारोहको आयोजना गरी दिइने […]

फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कम अब बार्सिलोनामा

Published: in खेलकुद by . Leave a Comment on फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कम अब बार्सिलोनामा.

स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ । रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो । २१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले प्रकृया अघि बढाएको थियो । तर उनलाई बार्सिलोनाले पाँच वर्षका लागि सम्झौता गरेको छ । सोमबारमात्रै रोमाले माल्कमको अनुबन्ध प्रकृया पूरा हुन मेडिकल र ब्यक्तिगत […]

प्राकृतिक विपदमा तत्काल उद्धार र राहतका लागि गोदाम घर निर्माण

Published: in प्रदेश तह by . Leave a Comment on प्राकृतिक विपदमा तत्काल उद्धार र राहतका लागि गोदाम घर निर्माण.

विराटनगर। प्रदेश नम्बर १ को सरकारले प्राकृतिक विपत्ति परेमा तत्काल उद्धार र राहत पुर्‍याउन विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदको समयमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीसहितको गोदाम सञ्चालनमा ल्याइएको हो । गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक […]

जंगलमा लागेको भीषण डढेलाेका भयानक तस्बिरहरु : अहिलेसम्म ७४ को मृत्यु

Published: in फोटो by . Leave a Comment on जंगलमा लागेको भीषण डढेलाेका भयानक तस्बिरहरु : अहिलेसम्म ७४ को मृत्यु.

ग्रिसको जंगलमा फैलिएको भीषण डढेलाेमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको डढेलाेका कारण सयौं घाइते भएका छन् । आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि डढेलाे नियन्त्रणमा सहयोग […]

हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढ्यो.

काठमाडौं  ।  हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रिदर २९ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]