Sajhamanch Archive

नेविसंघ कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघ कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै.

नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको वर्तमान कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै छ । नैनसिंह महर नेतृत्वको कार्यसमितिले आफ्नो कार्यभित्र अधिवेशन नगराई समयावधी गुजारेको हो । कार्यसमितिको पदावधी गत भदौ २ गते नै सकिएपनि विधानमा भएको व्यवस्था अनुसार तीन महिना थप भएको थियो । थपिएको समयावधीमा पनि अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले गत मंसिरमा विधान […]

समूह विजेता बन्दै नेपाल टी–२० महिला स्म्याश क्रिकेटको सेमिफाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on समूह विजेता बन्दै नेपाल टी–२० महिला स्म्याश क्रिकेटको सेमिफाइनलमा.

थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै यूएइले पनि सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’लाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ […]

प्रदेश एकको मन्त्रिपरिषद् बैठक सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश एकको मन्त्रिपरिषद् बैठक सुरु.

विराटनगर – प्रदेश नम्बर एकको मन्त्रिपरिषद्को बैठक विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको छ। बैठकमा प्रदेशसभाको बैठक, मन्त्रालयका काम कारवाही, बजेट कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, समाजिक विकास मन्त्री जीवन घिमिरे, वन उद्योग पर्यटन […]

खप्तड गोल्डकपमा आजबाट सेमिफाइनल चरण सुरु हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खप्तड गोल्डकपमा आजबाट सेमिफाइनल चरण सुरु हुँदै.

तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल चरण आज सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेची नेत्रालय झापा र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा दिउसो साडे २ बजे सेमिफाइनल भिडन्त सुरु हुनेछ । क्वाटरफाइनलमा मेची नेत्रालयले विभागीय नेपाल एपीएफलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । थ्रीस्टार भने च्यासललाई हराउँदै अन्तिम चारमा पुगेको […]

विश्वकै नम्बर वान अभिनेता

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकै नम्बर वान अभिनेता.

बलिउड अभिनेता ऋतिक रोशनले विश्वभरका अभिनेताहरूलाई पछि पार्दै सर्वाधिक ह्यान्डसम अभिनेताको उपाधि प्राप्त गरेका छन् । यो उपाधि अभिनेताहरूको लुक्स, उनीहरूको प्रोजेक्टले बक्सअफिसमा गरेको आम्दानी, ग्लोबल फ्यान फलोइङ तथा विभिन्न अनुमोदनबाट प्रदान गरिन्छ । ऋतिक चाँडै चलचित्र सुपर–३० मा देखिँदैछन् । यो चलचित्र निर्माणसँगै विभिन्न कारणले चर्चामा छ । ऋतिक टप वानमा परेसँगै उनी पुन: विश्वभर खोजिएका छन् । उनलाई […]

अनशनरत डा.केसीलाई इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अनशनरत डा.केसीलाई इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु.

इलाम । इलाममा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ । जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जनाएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि […]

नैरोबीमा रहेको पाँच तारे होटलमा आक्रमण, कम्तिमा ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नैरोबीमा रहेको पाँच तारे होटलमा आक्रमण, कम्तिमा ६ जनाको मृत्यु.

केन्याको नैरोबीमा रहेको एक पाँच तारे होटलमा सशस्त्र समूहले आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ६ जनाको ज्यान गएको छ । केन्याको राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँच तारे होटलको परिषरमा अन्धाधुन्ध गोली प्रहार तथा बिस्फोट भएको हो । डुसिटडी टू होटल तथा अरु कार्यालयहरु रहेको भवनमा आक्रमण भएको हो । सोमालियाको बिद्रोही समूह अल–शबाबले […]

निजी विद्यालय आफै भाग्ने अवस्था आउँछ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निजी विद्यालय आफै भाग्ने अवस्था आउँछ.

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताए । ‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि […]

विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै.

नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तर्राष्ट्रिय खोज पत्रकारिताले गर्ने भएको छ । नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयाँभन्दा बढि रकम विदेशी बैंकमा रहेको र त्यसमा संलग्नहरुको नाम खुलासा हुने खोज पत्रकारिता केन्द्र नेपालले ट्विटमार्फत जानकारी दिएको छ । पनामा पेपर्स, स्विस लिक्स र अन्तर्रा्ष्ट्रिय खोजपत्रकारिता समूह आईसीआईजे मार्फत […]

७३ हजार कर्मचारीले रोजे समायोजन, ४ हजार कर्मचारी समायोजनमा जानु नपर्ने

Published: in मिडियाबाट साभार by . Leave a Comment on ७३ हजार कर्मचारीले रोजे समायोजन, ४ हजार कर्मचारी समायोजनमा जानु नपर्ने.

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार ३ सय ३० कर्मचारीले अनलाइन फाराम भरेका छन् । फाराम भर्न दिइएको २१ दिनको म्याद बुधबार सकिँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फाराम सफ्टवेयरमा दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाले भरेको […]