Sajhamanch Archive

अनौठोगरी फस्टाउँदैछ साङ्ला उद्योग, दैनिक ५० टन फोहोर व्यवस्थापन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अनौठोगरी फस्टाउँदैछ साङ्ला उद्योग, दैनिक ५० टन फोहोर व्यवस्थापन.

एजेन्सी । चीनमा फोहोर व्यवस्थापनका लागि अनौठो तरिका अपनाउन थालिएको छ । बढ्दो शहरीकरणसँगै दैनिक थुप्रिने गरेका खाद्य फोहोरबाट राहत पाउन पछिल्लो समय साङ्लाको प्रयोग गर्ने गरिएको पाइएको छ । यसरी अँध्यारो, तातो र उचित वातावरण मिलाइएका कोठामा हजारौँ काठका बोर्डहरुमा पालिएका एक अर्ब साङ्लाले दैनिक ५० टन फोहोर खाने गरेका छन् । जुन सातवटा […]

भूकम्प सुरक्षा दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भूकम्प सुरक्षा दिवस मनाइँदै.

२१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । १९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज भूकम्प सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम हुँदै छन् । भूकम्पबारे जनचेतना जगाउन यो दिवस मनाउन थालेकै बीचमा २०७२ साल वैशाख १२ गते गएको गोरखा […]

जोर्डन र अष्ट्रेलिया एसियन कप फुृटबलको प्रि–क्वार्टरफाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on जोर्डन र अष्ट्रेलिया एसियन कप फुृटबलको प्रि–क्वार्टरफाइनलमा.

यूएईमा जारी एसियन कप फुटबलमा जोर्डन र अष्ट्रेलिया प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा जोर्डन र प्यालेस्टाइनले गोलरहित बराबरी खेलेपछि जोर्डन र अष्ट्रेलिया प्रि–क्वार्टरफाइनलमा पुगेका हुन् । जोर्डनले तीन खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंकसहित समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । यस्तै अर्को खेलमा […]

डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै.

अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनसनको सातौँ दिन हुँदा स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आईसीयूमा राख्नुपर्ने भएको उपचारमा सलग्न डाक्टरहरुले बताएका छन् । तर अस्पतालमा आईसीयू नहुँदा झनै समस्या भएको छ । डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै अस्पतालमा रेफर गर्नुपर्ने बताएका हुन् । डाक्टर विजेन्द्रकुमार साहका अनुसार […]

फेसबुकले सुरु गर्‍यो कारवाही

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on फेसबुकले सुरु गर्‍यो कारवाही.

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट […]

भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on भ्यालेन्टाइन डेमा बिहे गर्दै बर्षा र संजोग.

लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । यो जोडीले केही समयदेखि बिहेको तयारी समेत गरेको थियो । नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले बिहे गर्न लागेको जानकारी जुन […]

बहराइनसँग पराजित हुँदै भारत एसिया कप फुटबलबाट बाहिरियो

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बहराइनसँग पराजित हुँदै भारत एसिया कप फुटबलबाट बाहिरियो.

बहराइनसँग पराजित हुँदै भारत युएईमा जारी एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बहराइनले भारतलाई १–० ले पराजित गर्‍यो । युएईको सारजाह स्टेडियममा बहराइनलाई जित दिलाउन जमल राशिदले निर्णायक गोल गरे । समूहको पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराएर सनसनी मच्चाएको भारतले त्यसपछि आयोजक युएई र बहराईनसँग लगातार दुइ खेल हार्दै […]

च्यारिटी इभेन्टमा चक्कु प्रहार , उपचारको क्रममा मेयरको निधन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on च्यारिटी इभेन्टमा चक्कु प्रहार , उपचारको क्रममा मेयरको निधन.

पोल्याण्डको एक च्यारिटी इभेन्टको क्रममा आक्रमणकारीले चक्कु प्रहार गरी घाइते बनाएका स्थानीय शहरका मेयरको उपचारको क्रममा निधन भएको छ । ग्डान्स्क शहरका मेयरमाथि चक्कु प्रहार भएको थियो । आक्रमणबाट घाइते भएका ग्डान्स्कका मेयर ५३ वर्षे पावेल एडामोविस्जको उपचारको क्रममा निधन भएको हो । पावेलमाथि स्थानीय समय अनुसार आइतबार बेलुका आक्रमण भएको थियो । स्थानीय अस्पतालमा […]

चौथो राष्ट्रिय योग दिवस मनाईँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चौथो राष्ट्रिय योग दिवस मनाईँदै.

चौथो राष्ट्रिय योग दिवस मंगलबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि योग’ तय गरेको छ । चौथो योग दिवस मनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा योगका क्षेत्रमा काम गर्ने १०० भन्दा बढी संस्थाका प्रतिनिधि सदस्य रहेको मूल समारोह समिति गठन […]

माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्ति पर्व मनाईँदै.

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे मकर सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]