Sajhamanch Archive

मेलबर्न स्टार्स सिड्नी सँग खेल्दै सन्दीपको टिम

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेलबर्न स्टार्स सिड्नी सँग खेल्दै सन्दीपको टिम.

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासमा आज सिड्नी सिक्सरसँग खेल्दैछ । लगातार दोस्रो खेलमा पराजित भएको मेलबर्न स्टार तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा सिड्नी सिक्सरसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो २ बजे सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । टोली पराजित भए पनि नेपाली […]

२२ तलाको धरहरा यस्तो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on २२ तलाको धरहरा यस्तो.

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेपछि धरहरा पुनर्निर्माणको शिलान्यास गर्दैछन् । अ ब बन्ने धरहरा आधुनिक र सुविधासहितको बनाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्तै धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन […]

क्यान्सर उपचारको वैज्ञानिक तरिका

Published: in स्वास्थ्य by . Leave a Comment on क्यान्सर उपचारको वैज्ञानिक तरिका.

ब्रिटेनमा क्याम्ब्रिजका वैज्ञानिकले क्यान्सरको एक भर्चुअल रियालिटी (भीआर) थ्रीडी मोडल बनाएका छन् जसले यो रोगको परीक्षण र उपचारलाई थप उत्कृष्ट बनाउनेछ । तर यो नयाँ प्रविधीमा के विशेष छ ? वास्तवमा यो प्रविधीमार्फत ट्युमरको नमुनालाई सुक्ष्म ढङ्गले अनुसन्धान गर्न सकिनेछ । यसमार्फत क्यान्सरको कोसिकालाई हरेक तरिकाले परीक्षण गर्न सकिने र त्यसको म्यापिङ गर्न सकिने भएकाले […]

६७ लाखको चिनी रोकियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ६७ लाखको चिनी रोकियो.

बाँके । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले चिनी भन्सारमै थन्किएको हो । गएको भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० […]

बुधबार विदेशी मुद्राको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on बुधबार विदेशी मुद्राको भाउ घट्यो.

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य केही पैसाले घटेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४२ पैसा तोकेको छ । बुधबार १ डलरको १११ रुपैयाँ ९२ […]

५६ लाख मेट्रिक धान उत्पादन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ५६ लाख मेट्रिक धान उत्पादन.

काठमाडौँ । यस वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको छ । कृषी तथा पशुपंक्षी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी यस वर्ष चार लाख बढी अर्थात ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जनाएको हो । गएको वर्ष झण्डै ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बुधबार मन्त्रालयले कार्यक्रम गरी […]

भ्रष्टचारको कथा लिएर माघमा प्रधानको : सय कडा दश

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भ्रष्टचारको कथा लिएर माघमा प्रधानको : सय कडा दश.

बिर्तामोड । नेपाली कथानक चलचित्र ‘सय कडा दश ’आगामी माघ १८ गतेदेखि देशभर प्रदर्शन गरिने भएको छ । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत गर्दै निर्माता रज्जु प्रधान तथा निर्देशनक राम सरण पाठकले चलचित्र देशभर लाग्ने जानकारी गराए । चर्चित्रमा कमेडिएन मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेका छन्। समाजको यथार्थ घटना प्रस्तुत गरिएको चलचित्रमा […]

राजपा नेपालको बैठक बल्ल

Published: in राजनीति by . Leave a Comment on राजपा नेपालको बैठक बल्ल.

काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्षमण्डलको बैठक पार्टी कार्यालयमा शुरु भएको छ । राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक भएपछि पहिलोपटक बैठक बसेको हो । महतो मंसिर ४ गतेको बैठकबाट संयोजक बनेका थिए । महन्थ ठाकुरलाई हटाएर संयोजक बनेपछि पार्टीमा असन्तुष्टि बढेको थियो । र, सोही असन्तुष्टिका कारण बैठक बसिरहेको थिएन । हिजै एकबजे बस्ने […]

नेपाली डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट भारतमा महिनाको लाखभन्दा बढी निकाल्न नपाइने

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपाली डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट भारतमा महिनाको लाखभन्दा बढी निकाल्न नपाइने.

काठमाडौँ । नेपालीले भारतमा विद्युतीय माध्यम डेबिट, क्रेडिटरप्रिपेड कार्ड० मार्फत पैसा भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाइने भएको छ । विभिन्न प्रकारको भुक्तानीका लागि भारतबाट धेरै रकम झिक्ने प्रवृत्ति बढेपछि राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि यस्तो भुक्तानीमा कुनै सीमा थिएन । पछिल्लो समयमा […]

कर्मचारी समायोजन अघि बढ्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारी समायोजन अघि बढ्यो.

काठमाडौं । सरकारले कर्मचारी समायोजन प्रकृया छिटो टुंग्याउने गरी काम अगाडि बढाएको छ । कर्मचारी समायोजनका लागि भन्दै सरकारले निजामती कर्मचारीहरुको ज्येष्ठताक्रम अनुसारको नामावली प्रकाशन सुरु गरेको छ । विभिन्न सेवा समूहका कर्मचारीहरुलाई भिन्न भिन्न शीर्षकमा नामावली प्रकाशन गरिएकोमा सेवा समूहभित्र पनि राजपत्राङ्कित श्रेणी र राजपत्र अनंकित श्रेणीका विभिन्न तहको छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको हो […]