Sajhamanch Archive

मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्चीको अल्टिमेटम भोलि सकिदै, त्यसपछि के हुन्छ ?.

मेलम्ची खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय अब सकिन दुई दिन मात्र बाँकी छ । अहिलेसम्म निर्माण कम्पनी कुनै सम्पर्कमा नआएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । माघ २२ गतेसम्मको १४ दिने म्यादसहित सम्झौता तोड्ने आसयपत्र सरकारले पठाएको थियो । समितिका कार्यकारी निर्देशक कँडेलले भने, “अझै दुई दिन […]

उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव.

नेपाली किसानले उत्पादन गरेको उखु बारीमै थन्किएका बेला एउटा चिनी उद्योगले भारतबाट उखु आयात गरी क्रसिङ गर्नका लागि अनुमति मागेको छ। सिरहाको हिमालय सुगर मिलले ५० हजार क्विन्टल उखु आयात प्रस्ताव सिरहा जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पेस गरेको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्योगीका मागका सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । कृषि […]

पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वाञ्चल विश्वविद्यालयद्वारा परीक्षा शुल्कसँगै सम्बन्धन शुल्क उठाउन क्याम्पसहरूलाई उर्दी.

पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पत्राचार गरेको हो । विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीई सिभिल, इलेक्ट्रिकल, बायो मेडिकललगायत विद्यार्थीसँग सम्बन्धन शुल्कबापत ११ हजारका दरले लिएर विश्वविद्यालयको […]

‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड.

सुपरस्टार अनमोल केसीको क्रेज पुनः एकपटक प्रमाणित भएको छ । ‘कृ’ रिलिजपछि स्टारडम कमजोर भएको चर्चालाई उनले गलत साबित गरेका छन् । यसअघि नेपाली फिल्मका ट्रेलरले बनाएका सबै रेकर्ड ध्वस्त पार्दै शुक्रवार दिउँसो युट्युब रिलिज भएको उनी अभिनीत यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ । रिलिजको २४ घण्टामा ट्रेलरलाई ८ […]

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुण्डा नाइके राजु गोर्खाली पक्राउ.

महानगरीय अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रुपमा चिनिँदै आएका राजु गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर तेब्बर भाडा असुल गरेको, कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिएको लगायतका उजुरीपछि महाशाखाले गोर्खालीलाई पक्राउ गरेको हो । सुन्धारा क्षेत्रमा राजु गोर्खाली समूहको […]

गाँजा तस्करीमा संलग्न तीन जनालाई प्रहरीद्धारा सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाँजा तस्करीमा संलग्न तीन जनालाई प्रहरीद्धारा सार्वजनिक.

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका गोबरगाढा टापु क्षेत्रबाट गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी ४२ किलो गाँजासहित उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बिहार, सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कंकालिनी १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय […]

‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक.

फागूणको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘ज्याद्रै बस्यो दिल’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्रीलाई फिचरिङ गरिएको छ । गीतमा रजिना रिमालको स्वर, मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत छ । यो गीतको भिडियोमा सुसन प्रजापतिको छायांकन, अनिमेष […]

‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित.

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन् । काठमाण्डौको कुमारी हलमा यो चलचित्र हेर्न पुगेका मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए । भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि […]

गुल्मीमा जिप दुर्घटना २ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुल्मीमा जिप दुर्घटना २ जनाको मृत्यु.

गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग १ च ८३५७ नम्बरको गाडी दुर्घटना हुँदा अन्य दुई जना गम्भीर घाइते भएका छन् । वामी मैदानबाट वामीटक्सार जाने क्रममा उक्त गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडी मालिक मुसीकोट […]

साइबर अपराधः एक करोडसम्म ठगी गरेको उजुरी

Published: in विविधा by . Leave a Comment on साइबर अपराधः एक करोडसम्म ठगी गरेको उजुरी.

आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रवक्ता एवं […]