Sajhamanch Archive

डोटीमा जीप दुर्घटना एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोटीमा जीप दुर्घटना एक जनाको ज्यान गयो.

अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिएको जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०र४१ […]

अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’.

नायक अनमोल केसीले भारतले नेपाललाई हेपेको बताएका छन् । हिजो आयोजित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको बताउँदै आफूहरुले बनाएको चलचित्रले देशको स्वाभिमानको कथा बोल्ने बताए ।’ अनमोलले अगाडि भने–‘सबै नेपालीमा एकता हुनुपर्छ र देशका लागि कुनै न कुनै रुपमा योगदान गर्नुपर्छ भन्ने कथामा क्याप्टेन बनेको छ । चलचित्रमा काम […]

रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on रुससँगको आईएनएफ सन्धि तोडेको अमेरिकाको घोषणा.

अमेरिकाले रुससँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स ९आईएनएफ० सन्धि तोडेको घोषणा गरेको छ । सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दूरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्छ । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई […]

गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गैंडाको आक्रमणबाट वृद्धको मृत्यु.

नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ वर्षीय पदम बहादुर क्षेत्रीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले जानकारी दिए । शुक्रबार दिउँसो भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको […]

जिल्ला प्रहरी कार्यालयमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिल्ला प्रहरी कार्यालयमा आगलागी.

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ । आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान […]

बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री.

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री बाजेदले रहस्य खोलिन–‘चिन्ता मान्नु पर्दैन, नेपालीमुलका बीरबहादुरलाई मैले क्याविनेट मन्त्री नै बनाएको छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत […]

मालपोतमा सुधार गर्न ‘स्मार्ट सिस्टम’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मालपोतमा सुधार गर्न ‘स्मार्ट सिस्टम’.

काठमाडौं–सरकारी कार्यालयमध्ये बढी अनियमितता हुने र सेवाग्राहीको गुनासो आउनेमा मालपोत कार्यालय अग्रभागमा पर्छ । कैयौँ मालपोत कार्यालयका कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका उदाहरण धेरै छन् । जग्गाको कारोबार हुने मालपोतमा हुने अनियमितता र ढिलासुस्ती अन्त्य गर्न सरकारले ‘स्मार्ट सिस्टम’ सुरु गरेको छ । मालपोत सुधार्न योजना नै बनाएर प्रयास गरिरहेको छ ।   (नयाँ पत्रिका […]

नेपाल र अमेरिकाबीच सम्बन्ध चिसियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल र अमेरिकाबीच सम्बन्ध चिसियो.

काठमाडौं–भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित […]

जापानलाई हराउँदै कतारले जित्यो एसियन कप फुटबलको उपाधि

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on जापानलाई हराउँदै कतारले जित्यो एसियन कप फुटबलको उपाधि.

जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । […]

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने.

समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक […]