Sajhamanch Archive

अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयो.

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई […]

दुबईका शेखले श्रीमती र छोरीमाथि अपहरण गरेको अदालतको ठहर

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुबईका शेखले श्रीमती र छोरीमाथि अपहरण गरेको अदालतको ठहर.

दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो। शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, […]

भुटानकी नायिका उगेन भन्छिन्, ‘म राजेश हमालको फ्यान’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भुटानकी नायिका उगेन भन्छिन्, ‘म राजेश हमालको फ्यान’.

भुटानकी नायिका उगेन छोदेनले नेपाली चलचित्रमा काम गर्दैछिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’बाट उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । ८ वटा भुटानी चलचित्रमा काम गरिसकेकी उगेनले भुटानमा राम्रो स्टारडम बनाएकी छिन् । उनले केही चलचित्रको निर्माण तथा निर्देशन पनि गरिसकेकी छिन् । उनलाई भुटानका राजाले राम्रो काम गरेको भन्दै […]

सुनको मूल्य : प्रतितोला ८२ हजार ५ सय

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य : प्रतितोला ८२ हजार ५ सय.

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक […]

विप्लवका जिल्ला सदस्य हतियारसहित पक्राउ

Published: in समाज by . Leave a Comment on विप्लवका जिल्ला सदस्य हतियारसहित पक्राउ.

भोजपुर । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो ।बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । उनको साथबाट बम बनाउन […]

भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष.

झापा । बिश्वका ८० भन्दा बढी मुलुकमा संक्रमण देखिइसकेको प्राणघातक कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ । बिभिन्न ठाउँबाट आएका मानिसको आवत–जावत हुने भएकोले कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला […]

भारतले नेपालसँग माग्यो अत्यावश्यक औषधीको सूची

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on भारतले नेपालसँग माग्यो अत्यावश्यक औषधीको सूची.

काठमाडौं । २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ । भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । किनकी नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ ।तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी […]

नेपाल आइपुगिन् ‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल आइपुगिन् ‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह.

काठमाडौं । ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आइपुगेकी छन् । टोनी बिहीबार बिहान नेपाल आइपुगेकी हुन् । मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोनी नेपाल आइपुगेकी हुन् । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको समन्वयमा टोनी भोलि सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् । उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउँदै,

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउँदै,.

काठमाडौं । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो । उनले डाक्टर प्रम ज्ञवालीलाई उद्धृत गर्दै प्रधानमन्त्रीलाई बिहीबार चिकित्सकहरूले तरल पदार्थ खान दिएको बताए । मिर्गौला प्रत्यारोपण गर्नुअघि चिकित्सकहरूले बनाएको पूर्वयोजनाअनुसार नै […]

विज्ञापनमा खेल्दा दिनको ७ करोड लिन्छन् सलमान

Published: in टिप्स/जानकारी by . Leave a Comment on विज्ञापनमा खेल्दा दिनको ७ करोड लिन्छन् सलमान.

बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ ।हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ रिलिज […]