काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले मन्तव्य राख्दै उनले संविधान, कानुन र विधिसम्मत अगाडि बढ्दा आफ्नो पूर्ण सहयोग रहने बचन दिए । सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संसदले पूरा गर्नुपर्ने भूमिका प्रभावकारी […]
विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ का ३८ वर्षीय विशुनदेव मुखियाको कुटपिटबाट मृत्यु भएको हो । गत माघ ४ गते धनपालथान गाउँपालिका–४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको वादविवाद र कुटपिटबाट घाइते भएका मुखियाको उपचारको क्रममा सोमबार राति साढे ८ बजे विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको […]
यो दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना पनि भइदिन्छन् । एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा हाम्रो समाजमा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धोका दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर आफूले बिहे गरिन् । ३४ वर्षकी महिलाले […]
चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बढी उमेरका र […]
काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो । मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले एक एक गोल गरे । हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले एपिएफ टिमलाई १–० ले पराजित […]
बिर्तामोड । मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भइ रहेको सिङ्गिङ् आईकन र डान्स स्टारको टप टु को अडिसन आज सम्पन्न भएको छ । पछिलो समय रास्ट्रिय तथा अन्तरास्ट्रियस्तरका टेलिभिजन सो मार्फत हुने यस्ता सो ले सबैको ध्यानाकर्षण गराएको पनि छ। अतिरिक्त क्रियाकलापमा बालबालिका तथा अन्य क्षेत्रमा रुचि भएकाहरुले पाएको अवसरले पनि यस्ता कार्यक्रमको महत्त्व बढेको पाइन्छ। […]
विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ । समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै […]
काठमाडौं । सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ । उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी […]
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे […]
काठमाडौं । इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना तिराउने निर्णय गरेपछि त्यसको विरोध गर्दै टयाङ्कर चालकले हवाई इन्धन ढुवानी रोकेका छन् । विभिन्न माग अघि सारेर पटकपटक पेट्रोलियम पदार्थ रोकेर माग पूरा गर्न दबाब दिँदै आएका चालकले इन्धन चुहावट भए पनि न्यून कारबाही हुनुपर्ने भन्दै शनिबारदेखि […]