काठमाडौं । म र हाम्रो टोली दर्शनका लागि त्यस दिन पाथीभरा मन्दिर गएका थियौँ । हामीले पूजा गर्यौँ । यज्ञकुण्डको पूजा बाँकी थियो । त्यस बेला पर्यटन मन्त्री रविन्द्र अधिकारीको टोली त्यहाँ आइपुग्यो । मैले रविन्द्र बाबु यता आउनुस् भनेर बोलाएँ । त्यस बेला हिउँ परिरहेको थियो । हावा अलि जोडले चलेको थियो । पाथीभराका […]
काठमाडौं। ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ मजदुरका नाममा […]
रोल्पा। नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो । परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लवसहितलाई जिल्लामा पहिलो पटक मुद्दा दायर गरिएको हो । आगजनीमा […]
काठमाडौँ। सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । […]
काठमाडौं । सरकारी अस्पातलले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान […]
महेन्द्रनगर ।कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय स्तरदेखि प्रदेश सरकारसम्म अञ्चल अस्पतालको नाम परिर्वतन गर्ने झ्याङ फैलिएको छ । महाकाली अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरको भरमा चलिरहेको छ । हालसम्मकै रेकर्ड हेर्दा ७ जना विशेषज्ञ […]
कैलाली। भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षौंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने […]
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो । आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैँचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोसन गरेर नदीमा पठाउने कार्यक्रम छ […]
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् । उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन् । उनीहरू पश्चिम […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ । सो घुस प्र्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो । पाठकमाथि उक्त […]