Sajhamanch Archive

करेन्ट लागेर किशोरीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर किशोरीको मृत्यु.

बाजुरा । जगन्नाथ गाउँपालिकाको थारिकाडामा करेन्ट लागेर किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीया सिर्जना खत्री रहेको इलाका प्रहरी कार्यलय कोल्टीले जानकारी दिएको छ। आफ्नै घरमा रहेको मिलको पट्टामा सल लट्टपटिएपछि करेन्ट लागेर मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोल्टी ल्याइने छ।

पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते.

कास्की । पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा एकजना घाइते भएका छन् । घाइतेको पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । सन्तुलन नमिल्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटना बिहान ११ बजे भएको हो । तालमा खसेको प्याराग्लाडिङको फेवाताल बाराही घाटमा रहेको मोटर बोटसहितको उद्धार टोलीले उद्धार गरेको हो ।

अधिकारीको निधनको शोकमा नेकपाले पार्टीको झण्डा आधा झुकाउने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अधिकारीको निधनको शोकमा नेकपाले पार्टीको झण्डा आधा झुकाउने.

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बिहान बसेको नेकपा सचिवालयको बैठकले अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आइतबार देशभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । आइतबारदेखि तीनदिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक […]

हास्य कलाकारको भरमा नेपाली चलचित्र

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हास्य कलाकारको भरमा नेपाली चलचित्र.

काठमाडौँ।   नेपाली चलचित्र उद्योग हास्य कलाकारको भरमा टिकेको छ । हास्य कलाकारले निर्माण गरेको चलचित्र दर्शकले रुचाए पनि अहिले अरु चलचित्रहरु भने दर्शकको रोजाइमा पर्न सकेको छैन । ‘छक्का पञ्जा–३’ पछि अहिले कुनै पनि चलचित्रले राम्रो आम्दानी गर्न सकेको छैन । कुल १७ करोड रुपियाँ कमाइ गरेर यस चलचित्रले आफूलाई बक्स अफिसको कलेक्सन अगाडि राख्न […]

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन.

काठमाडौँ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालका निर्देशक डाक्टर भाष्करराज पन्तका अनुसार ८३ वर्षीय अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको हो । एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका […]

पति अरबमा रहेका बेला काण्ड देखाउने पत्नीले पाइन् यस्तो सजाय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पति अरबमा रहेका बेला काण्ड देखाउने पत्नीले पाइन् यस्तो सजाय.

राजविराज । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीले बालिकाको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो । आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै […]

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग.

काठमाडौं। राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ । देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन […]

बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बजेट सिध्याउने मेलोः कम्प्युटर छ, बिजुली छैन.

धादिङ। चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन् । उनीहरु बिजुली पुर्याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन् । भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ । गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई […]

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक.

काठमाडौं।ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ । कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुनासो […]

रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव.

काठमाडौँ ।  राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ । कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल […]