काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गमलामा आँपको बिरुवा रोपेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा शनिबार बिहान ओलीले स्थानीय नर्सरीबाट ल्याइएको आँपको विरुवा र उनकी पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका […]
काठमाडौं।ललितपुरको नख्खुस्थित एनसेल प्रा।लि।को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
भेनेजुएला । भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सरकारले बन्द गरेको नाकाबाट सामान ल्याउन खोज्नेहरुमाथि सुरक्षाकर्मीले कारबाही गरेका हुन् । राष्ट्रपति निकोलस मदुरोले अमेरिकालगायतका देशले दिएको मानवीय सहायता भित्रिन नदिन ब्राजिलसँगको सीमानाका […]
धनगढी। सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका जन्तीको […]
काठमाडौं। तारागाउँ विकास समितिको गतल निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटलका नाममा दर्ता भएको भेटिएको छ । २०४९ सालमा सरकारले भोगाधिकारका लागि स्वीकृति दिएको जग्गा समितिले राजीनामा पास गरी दिने निर्णय गरेको हो । सरकारी जग्गा कुनै पनि व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन । भूमिसम्बन्धी विवादको कानुनी प्रतिरक्षा गरिरहेका उहन्यायाधिवक्ता […]
मलेसिया । रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हु्न् । दूतावासका प्रथम सचिव प्रेमराज […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा […]
खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक […]
काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक […]
काठमाडौं। सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ । यसको निर्माण र प्रक्षेपणमा नेपालले […]