Sajhamanch Archive

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार.

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीमा हिजो साँझ भएको पिकअप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । ध१ज ७९१ नम्बरको पिकअप जिप छिस्तीको रापुङ भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । दुर्घटनामा छिस्तीकी प्रियंका पुन, तुलसी पुन श्रीस, ज्योति पुन र एलिना पुनको मृत्यु […]

२०७२ सालको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on २०७२ सालको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान.

स्पेन । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ । स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ सम्मान प्रदान गरेको हो । उक्त सम्मान नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले राहत तथा उद्धारमा निर्वाह गरेको भूमिकाका लागि दिइएको बताइएको छ […]

क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु.

क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ । आगलागीमा परेर दुई जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । तर, सिरियाली नागरिक बस्दै […]

शौच गर्न जाँदा छोएको निहुँमा कुटिए डोम आमाछोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on शौच गर्न जाँदा छोएको निहुँमा कुटिए डोम आमाछोरी.

लहान । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको […]

अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा.

काठमाडौं । जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र रु अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ । जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न […]

विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता.

काठमाडौँ । सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो । बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्दे्शिका –२०७५ […]

७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु.

काठमाडौं।अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा […]

चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चेपाङ महिलाको जीवन, २१ वर्षको उमेरमा ४ बच्चा.

हेटौँडा। उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वता रोकिएको छ । रजश्वला […]

भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतबाट आएका सिकारीले बाँदर समात्न थाले.

काठमाडौं ।नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु(याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो । बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ […]

परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या.

काठमाडौं। महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ । गत वर्ष मानव अधिकार उल्लघंनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका […]