काठमाडौं । हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने […]
काठमाडौँ। महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ । अख्तियारले सोमबार महान्यायधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो । महान्यायधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले […]
नेपालगन्ज । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई […]
राजविराज।भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपला नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको हो । पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको नरेन्द्रपुर पञ्चायतका उनलाई नेपाली नागरिकता बनाइदिएको जाहेरीका […]
सुनसरी। सुनसरीका बराहक्षेत्रस्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जग्गामा कृष्णबहादुर गिरी (स्वामी कृष्णदास महायोगी सिद्धबाबा महाराज)ले भवन निर्माण गराएका हुन् । नक्सापासमेत नगरी सरकारी जग्गामा जबरजस्ती बनाइएको ८ करोड रुपैयाँ लागतको १२८ कोठे आश्रम […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता […]
काठमाडौं । ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो । दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले […]
धादिङ। उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको […]
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । तर उक्त सम्मान पाएको एक […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँमात्रै संकलन भएको थियो । अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएपछि केही विकल्पका आधारहरु खोजेर […]