हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताए । सोलारबाट चार्ज हुने १२ भोल्टको व्याट्री […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन। उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको […]
मस्को । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ । उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । […]
धादिङ । धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो । प्रहरीले भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ । भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचालु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनसन बस्न पनि तयार रहेको […]
काठमाडौं ।आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली […]
काठमाडौं । भारतले आयोजना गरेको हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज म्यानमारसँग खेल्दै छ । उडिसाको भुवनेश्वरमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । वरियतामा आफूभन्दा माथि रहेको म्यानमारसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, इरान र म्यानमाररहेका छन् । भारतले आसन्न साफ […]
लहान । सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् […]
काठमाडौं। एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न रोकेको हो । यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको छ । निर्देशिका फागुन १ देखि लागू हुँदैछ । जनप्रतिनिधिले डोजरलगायत उपकरण खरीद गरी सार्वजनिक निर्माणमा […]