Sajhamanch Archive

देशभर धेरैजसो शैक्षिक संस्था बन्द

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर धेरैजसो शैक्षिक संस्था बन्द.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र पक्राउको विरोधमा सो पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मुलुकभरका शैक्षिक संस्था बन्द गरेको छ । हतियारसहित पक्राउ परेका उनी सो संगठनका कोषाध्यक्ष हुन् । अखिल क्रान्तिकारीको बन्दबाट राजधानीसहित मुलुकभरका शैक्षिक संस्था प्रभावित भएका छन् । माघ १७ गते काठमाडौं फर्किने क्रममा उनी विराटनगर […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–४ लेवटारका ४० वर्षीय भिमबहादुर थापा रहेका छन् । मुग्लिङको एक मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । गएराति पौने १० बजे बा३ख ३२६९ नम्बरको बसले थापा सवार लु५प ६८५६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । […]

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा.

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई राख्न सफल […]

बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत.

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । शीतगंगा नगरपालिकाको वडा नम्बर–६ मा आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको शिकार भएकी हुन् । श्रीमती घरमा नभएको बेला डरत्रास देखाएर छोरी बलात्कार गरेको आरोपमा निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । बालिकाकी आमाले दिएको जाहेरीमा आफू आफन्तको […]

संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल बढ्यो.

काठमाडौं–‘संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ। मुख्य सचिव, सचिवको संघमै समायोजन गर्ने कार्यमा तीव्रता लिए पनि पछिल्लोपटक सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले अपेक्षाकृत तीव्रता लिन नसकेको पाइएको हो। संघमै दरबन्दी कायम राख्ने कर्मचारीले सामान्य प्रशासन मन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई दबाब दिएपछि समायोजन सकस बन्दै गएको छ। […]

अमेरिकी राजदूतसँग ओलीले भने– प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ हो

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकी राजदूतसँग ओलीले भने– प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ हो.

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए । […]

बागमतीलाई मौलिक अवस्थामा फर्काउने प्रयास

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बागमतीलाई मौलिक अवस्थामा फर्काउने प्रयास.

काठमाडौँ– सफाइ गरी पहिलेकै मौलिक अवस्थामा बागमतीलाई फर्काउन विभिन्न उपायहरू आउने गरेका छन् । यस्तै उपायमध्ये बागमतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि प्रभावकारी हुनसक्ने उपाय सुझाइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बागमती नदीसहित यसका सहायक खोलाहरूमा फलामको जाली […]

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा.

काठमाडौँ – बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा परे। नेपालसमाचारपत्र बाट । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पररेका थिए । सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे […]

मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रीको सम्पत्तिः यो आर्थिक वर्षको विवरण गोप्य.

काठमाडौँ– नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ । मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् । गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो । प्रधानमन्त्री […]

करौडौंका योजना अन्योलमा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on करौडौंका योजना अन्योलमा.

इलाम – १  नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ। तर आर्थिक वर्ष सकिन करिब ५ महिना रहँदा नगरपालिकालाई यी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, ठेक्काप्रक्रिया र बजेट कार्यान्वयन […]